Trending
Prev Story
Next Story

फर्स्ट माइक्रोफाइनान्सको नाफा १ करोड ७७ लाख, इपीएस कति ?

Arthasansar •
October 29, 2026 • 04:34 AM
1
1 reads 0 reactions

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को...

फर्स्ट माइक्रोफाइनान्सको नाफा १ करोड ७७ लाख, इपीएस कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफा बढेको हो ।

असोज मसान्तसम्म संस्थाले १ करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो नाफा १ करोड ६८ लाख ४१ हजार रुपैयाँ रहेको थियो । संस्थाको वित्तीय विवरणमा सबैभन्दा उल्लेखनीय परिवर्तन खराब कर्जाको अवस्थामा देखिएको छ । अघिल्लो वर्षको असोज मसान्तमा ४.२४ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात घटेर १.९७ प्रतिशतमा सीमित भएको छ । यसअनुसार एक वर्षमा खराब कर्जाको अनुपात २.२७ प्रतिशत बिन्दुले कम भएको हो ।

त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात पनि ०.२४ प्रतिशतबाट घटेर शून्यमा पुगेको छ । निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको तुलनामा सुरक्षण अनुपात ११७.२५ प्रतिशतबाट बढेर १५०.१० प्रतिशत कायम भएको छ । यी सूचकले कर्जा जोखिम व्यवस्थापनमा सुधार भएको देखाउँछन् । यद्यपि, खुद निष्क्रिय कर्जा शून्य हुनु र कुल खराब कर्जा पूर्ण रूपमा समाप्त हुनु फरक विषय हुन् ।

कर्जा नोक्सानी व्यवस्थामा भएको परिवर्तनले पनि संस्थाको नाफामा योगदान दिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि ७५ लाख २९ हजार रुपैयाँ खर्च छुट्याएको संस्थाले यसपटक सोही शीर्षकमा ६७ लाख ४१ हजार रुपैयाँ राइटब्याक गरेको छ । वितरणयोग्य नाफामा भने अझ उच्च वृद्धि देखिएको छ । समीक्षा अवधिमा चालु त्रैमासबाट सिर्जित वितरणयोग्य नाफा १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ७८ लाख ३१ हजार रुपैयाँ थियो । यसरी वितरणयोग्य नाफा ६५.६९ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सञ्चित रकम तथा प्रस्तावित नगद लाभांशसमेत समायोजन गर्दा असोज मसान्तमा कुल वितरणयोग्य नाफा १ करोड ९० लाख १४ हजार रुपैयाँ रहेको छ । वित्तीय विवरणमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको १४ करोड ८६ लाख ४४ हजार रुपैयाँ नगद लाभांश घटाइएको उल्लेख छ ।

त्यस्तै, संस्थाको ब्याजदर अन्तर १.५७ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ । ब्याज आम्दानी र खुद ब्याज आम्दानीमा आएको संकुचनले आगामी अवधिमा नियमित व्यवसायबाट नाफा बढाउने चुनौती रहेको संकेत गर्छ । यद्यपि, अन्य आम्दानी तथा नोक्सानी व्यवस्थाको राइटब्याकको सहयोगले संस्थाको समग्र सञ्चालन आम्दानीमा वृद्धि भएको छ । खुद सञ्चालन आम्दानी ११.१७ प्रतिशतले बढेर ४ करोड ७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन नाफा अघिल्लो वर्षको २ करोड ४० लाख ५८ हजार रुपैयाँबाट बढेर २ करोड ५३ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।

असोज मसान्तसम्म संस्थाको चुक्तापुँजी १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफामा १६ करोड १९ लाख रुपैयाँ छ । यी स्रोतसमेत समेटिएको कुल इक्विटी १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । संस्थाले लघुवित्त तथा सहकारी संस्थामार्फत प्रवाह गरेको कर्जा लगानी असोज मसान्तमा ४ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तमा यस्तो लगानी ४ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ थियो । नाफा वृद्धिसँगै संस्थाको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १ पैसाबाट बढेर ५ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ४९ पैसा कायम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीह...

#वित्तीय #देखिए #नाफा
Compare →
Bizshala
1w ago
पियोर इनर्जीको नाफा १९ प्रतिशत घट्यो, ईपीएस कति ?

पियोर इनर्जीको नाफा १९ प्रतिशत घट्यो, ईपीएस कति ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।कम्पनीले सार्वजनिक...

#नाफा #कति
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612