Trending
Prev Story
Next Story

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

Nagarik News •
October 29, 2026 • 03:30 AM
1
1 reads 0 reactions

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।

२७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको इलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो।

सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित: १२ कार्तिक २०८३ ०९:१५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो

११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो

काठमाडौँ । सडक डिभिजन इलामले पुनः अर्को रुग्ण ठेक्का अन्त्य गरेको छ। करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको र करिब ११ वर्षदेखि निर्माण व्यवसायीले पूर्ण रूपमा अलपत्र पारी कार्यस्थल छोडेको मेची कोरिड...

#ठेक्का #मेची #वर्षदेखि
Compare →
Onlinekhabar
1w ago
मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको …

#ठेक्का #मेची
Compare →
Bizshala
1w ago
११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

काठमाण्डौ । करिब ११ वर्षदेखि अलपत्र परेको इलामको सुखानी पक्की पुलको ठेक्का अन्ततः तोडिएको छ।पूर्वाधार विकास...

#ठेक्का #वर्षदेखि #अलपत्र
Compare →
Ekantipur
1w ago
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#ठेक्का #अलपत्र
Compare →

Related Stories

Business & Economy
Build #2611