Trending
Prev Story
Next Story

मंगलसेन जोड्ने रणनीतिक सडकको ठेक्का तोडियो, १९.८३ प्रतिशत मात्रै काम

Arthasansar •
October 29, 2026 • 03:34 AM
1
1 reads 0 reactions

अछामको सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि...

मंगलसेन जोड्ने रणनीतिक सडकको ठेक्का तोडियो, १९.८३ प्रतिशत मात्रै काम

अछामको सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो।

२०७९ वैशाख १६ गते सम्झौता भएको यो सडक २०८२ वैशाख १६ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। निर्धारित अवधिमा काम पूरा नभएपछि निर्माण व्यवसायीलाई २०८३ वैशाख १६ गतेसम्मको थप समय दिइएको थियो। तर, थपिएको म्याद सकिँदासमेत काम पूरा हुन सकेन।

ठेक्का अन्त्य हुँदासम्म सडकको भौतिक प्रगति १९.८३ प्रतिशतमा सीमित थियो। निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन निर्देशन दिँदा पनि सडक कटान र आवश्यक संरचना निर्माणले अपेक्षित गति लिन नसकेपछि कार्यालयले ठेक्का तोड्ने निर्णय गरेको हो।

१० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का अन्त्य गरेपछि सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।

यससँगै सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र रहेका सडक तथा पुल निर्माणसम्बन्धी ६ वटा रुग्ण ठेक्का अन्त्य गरेको जनाएको छ। सन् २०१९ अर्थात् २०७६ सालदेखि काम रोकिएका वा अलपत्र अवस्थामा रहेका योजनाका ठेक्का पनि यस प्रक्रियामा समेटिएका छन्।

ठेक्का अन्त्य गरिएका अन्य योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान गर्न कांग्रेसको माग

सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खरो रूपमा प्रस्तुत हुने भएको छ । अबदेखि सरकारले गरेका हरेक काम र निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्ने संकेत देखिएको छ । ...

#ठेक्का
Compare →
Onlinekhabar
19h ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#पटक #ठेक्का
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ठेक्का
Compare →

Related Stories

Politics & Governance
Build #2612