Trending
Prev Story
Next Story

जियोको आईपीओ सफल भएपछि अम्बानी परिवारले मनायो भव्य उत्सव

Ekantipur •
October 29, 2026 • 03:32 AM
1
1 reads 0 reactions

सूचीकरणको पहिलो दिन कम्पनीको शेयर २१ प्रतिशतभन्दा बढी बढ्दै बजार पूँजीकरण १२.५ खर्ब भारतीय रुपैयाँ पुगेको छ ।

जियोको आईपीओ सफल भएपछि अम्बानी परिवारले मनायो भव्य उत्सव

सूचीकरणको पहिलो दिन कम्पनीको शेयर २१ प्रतिशतभन्दा बढी बढ्दै बजार पूँजीकरण १२.५ खर्ब भारतीय रुपैयाँ पुगेको छ ।

काठमाडौँ — भारतीय अर्बपति मुकेश अम्बानीको दूरसञ्चार कम्पनी, जियो प्लाटफर्म्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ३.२ अर्ब अमेरिकी डलर (३०२ अर्ब भारतीय रुपैयाँ) संकलन गरेको छ । शेयर बजारमा सूचीकृत भएको पहिलो दिन, बुधबार नै कम्पनीको शेयर मूल्य २१ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । यससँगै जियोको बजार पूँजीकरण १२.५ खर्ब भारतीय रुपैयाँ (१३१ अर्ब अमेरिकी डलर) पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सूचीकरणपछि जियो आफ्नै प्यारेन्ट कम्पनी रिलायन्स इन्डस्ट्रिजपछि भारतको दोस्रो सबैभन्दा मूल्यवान् सार्वजनिक कम्पनी बनेको छ । सीएनबीसी का अनुसार जियोले प्रतिशेयर १ हजार १ सय १९ भारतीय रुपैयाँका दरले २७ करोड शेयर बिक्रीमा ल्याएको थियो । बम्बे स्टक एक्सचेन्ज (बीएससी) को तथ्यांकअनुसार यो आईपीओमा २२ गुणाभन्दा बढी आवेदन परेका थिए ।

जियो प्लाटफर्म्सका प्रबन्ध निर्देशक आकाश अम्बानीका अनुसार अक्टोबर २१ मा बिक्री खुला भएको ९५ मिनेटभित्रै आईपीओ बिक्री भइसकेको थियो । जियो प्लाटफर्म्समा रिलायन्स इन्डस्ट्रिजको ६६ प्रतिशतभन्दा बढी स्वामित्व छ भने मेटाअन्तर्गतको संस्था ‘जाधु होल्डिङ्स’को झन्डै १० प्रतिशत र गुगल इन्टरनेसनलको ७.७ प्रतिशत शेयर रहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अम्बानी परिवारले जियोको कीर्तिमानी आईपीओको सफलतापछि मुम्बईस्थित रिलायन्स कर्पोरेट पार्कमा भव्य उत्सव मनाएका छन् । सो कार्यक्रममा ड्रोन प्रदर्शनी, डीजे प्रस्तुति, सांगीतिक कार्यक्रम र खानाका विभिन्न स्टल राखिएका थिए । रिलायन्सकी कर्मचारी श्वेता महेन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा ‘दिवालीभन्दा अघिको दिवाली’ भन्दै सम्पूर्ण परिसर उत्सवमय बनेको उल्लेख गरेकी छन् ।

द न्यु योर्क टाइम्समा पत्रकार एलिक्स ट्राभेलीको समाचारअनुसार जियोको शेयर सूचीकरणको पहिलो दिन शेयर मूल्यमा २७ प्रतिशतसम्मको वृद्धि देखिएको र कम्पनीको मूल्यांकन करिब १४० अर्ब अमेरिकी डलर पुगेको उल्लेख छ । जियोको शेयर सूचीकरणको अवसरमा मुम्बईको चर्चित सी लिंक पुलमा विशेष बत्तीको प्रदर्शनी गरिएको थियो भने रिलायन्सले पत्रपत्रिकामा पूर्ण पृष्ठका विज्ञापन छापेर धन्यवाद ज्ञापन गरेको थियो ।

सन् २०१६ मा सेवा शुरु गरेको जियोका हाल ५२ करोड ४० लाख प्रयोगकर्ता छन् । सूचीकरणका क्रममा स्टक एक्सचेन्जबाट प्रत्यक्ष प्रसारण हुँदा मुकेश अम्बानीका कान्छा छोराले जियोको प्रशंसा गर्दै भाषण गरेका थियो । त्यो देखेर पिता मुकेश अम्बानी भावुक बनेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
एआई केन्द्रित लगानीको सुरक्षात्मक विकल्प बन्दै भारतीय रुपैयाँ, चालु आर्थिक वर्षमा एसियाकै उत्कृष्ट मुद्रामध्ये पर्न सफल

एआई केन्द्रित लगानीको सुरक्षात्मक विकल्प बन्दै भारतीय रुपैयाँ, चालु आर्थिक वर्षमा एसियाकै उत्कृष्ट मुद्रामध्ये पर्न सफल

एजेन्सी । चालु आर्थिक वर्ष २०२६÷२७ मा भारतीय रुपैयाँ एसियाकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बन्न सफल भएको छ । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित लगानीको जोखिम न्यूनीकरण गर्ने...

#भारतीय #सफल
Compare →

Related Stories

Business & Economy
Build #2611