Trending
Prev Story
Next Story

म्याग्दीमा विपद्‍बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न श्रमदान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती …

म्याग्दीमा विपद्‍बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न श्रमदान

१२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् ।

पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिए ।  ‘तीन वटा टोलको फरकफरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम भइरहेको छ’, उनले भने, ‘यसै हप्तादेखि विद्युत् सेवा सञ्चालन भएको छ । घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ ।’

पछिल्लो केही दिनयता खानेपानी आपूर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ । हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो । पाउद्वारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाइ र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षत्विक्षत बनाएको छ । सडकमा पैदल हिँड्नसमेत कठिन छ ।

खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन । खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयवासी जसे पुनले बताए ।

दुई सयभन्दा बढी घर रहेको पाउद्वारका चार वटा टोलमा यसअघि १७० घरपरिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन् ।

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
19h ago
पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति

पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति

अब बन्ने कुनै पनि भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री मापदण्डलाई अनिवार्य सर्त बनाउनुपर्छ।

#भौतिक #संरचना #पुनर्निर्माण
Compare →
Hamro Patro News
1w ago
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्मा...

#क्षतिग्रस्त #पुनर्निर्माण
Compare →
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#पुनर्निर्माण #विपद्
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

काठमाण्डौ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप...

#पुनर्निर्माण
Compare →

Related Stories

Australia & Pacific
Build #2611