Trending
Prev Story
Next Story

मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, …

मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

१२ कात्तिक, बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ ।

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो ।

बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको उनले बताए । त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो/मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ ।

चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#मकवानपुर
Compare →
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#खाद्यान्न
Compare →
Nagarik News
1d ago
मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

#मकवानपुर
Compare →
Ekantipur
5d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

#बिक्री
Compare →

Related Stories

Politics & Governance
Build #2611