Trending
Prev Story
Next Story

बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड …

बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो

१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ।

लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो चोरी घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाताहरूलाई आकर्षित गर्न प्रतिबन्धित सफ्टवेयरको प्रयोगजस्ता गम्भीर आपराधिक कामहरूमार्फत गरिएको हो।’

अरब नेतृत्वका दलहरू राअम र जोइन्ट लिस्टले ऐतिहासिक १९ सिट जित्ने अनुमान गरिएको छ। यसले गर्दा नेतन्याहुको गठबन्धन र उनका विरोधी दुवै पक्षले संसदमा बहुमत पाउन सकेका छैनन्। चुनाव प्रचारका क्रममा नेतन्याहूको पार्टीले अरब दलहरूसँगको सहकार्यलाई अवैध भनेको थियो।

लिकुड पार्टीले प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई सयौं प्रमाण बुझाएको जनाएको छ। यी प्रमाणहरूमा नगद राखिएका खामहरू, राअमका पर्चाहरू, धम्की, हिंसा र दोहोरो मतदानका घटनाहरू सामेल छन्। पार्टीले मतदाता ओसार्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको आरोप पनि लगाएको छ ।

लिकुड पार्टीले निर्वाचन समितिसँग यी विषयमा तत्काल छानबिनको माग गरेको छ। यता केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने चुनावमा धाँधली भएको दाबीलाई अस्वीकार गरेका छन्।

रिपोर्टहरूका अनुसार चुनावअघि नै लिकुड पार्टीले अरब क्षेत्रका मतदान केन्द्रका नतिजाहरूलाई चुनौती दिने तयारी गरेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
फेरि पनि चुनावकै रन्को: राजनीति सुध्रिने कि पुरानै फन्को ?

फेरि पनि चुनावकै रन्को: राजनीति सुध्रिने कि पुरानै फन्को ?

प्रदेश र स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै राजनीतिक दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले स्थानीय तह निर्वाचनलक्षित 'क्यान्डिडेट क्लब'मार्फत उ...

#चुनाव #दलहरू
Compare →
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#चुनाव #बहुमत
Compare →

Related Stories

Politics & Governance
Build #2611