Trending
Prev Story
Next Story

शुभ लक्ष्मी कोषको आकार वृद्धि गरी ३ अर्ब कायम गर्न सेबोनको स्वीकृति

Arthasansar •
October 16, 2026 • 04:47 PM
1
1 reads 0 reactions

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत...

शुभ लक्ष्मी कोषको आकार वृद्धि गरी ३ अर्ब कायम गर्न सेबोनको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत आकार १ अर्बबाट वृद्धि गरी ३ अर्ब रूपैयाँ मात्र कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असोज १९ गते स्वीकृति प्राप्त भएको छ ।

मिति २०८२/०७/२५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोडको रहेकोमा १ अर्बका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएकोमा एक वर्षको अन्तरालमा सो बुद्धि भए बमोजिमको रकम, करिव पूर्ण रुपमा ईकाइधनीहरुबाट संकलन भई बाँडफाँड गर्न कम्पनी सफल भएको छ ।

कोषको आकार ३ अर्ब कायम भएसँगै योजनाले थप लगानीकर्ताहरुलाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ । यसैगरी, शुभ लक्ष्मी कोषले ईकाइधनीहरुका लागि Systematic Withdrawal Plan (SWP) सुविधा समेत सञ्चालनमा ल्याएको छ ।

यस सुबिधा मार्फत इकाईधनीहरूले आफ्नो लगानीबाट निर्धारित समय अन्तरालमा आफुलाई आवश्यक पर्ने रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन् । विशेषगरी, लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताहरुका लागि यो सुबिधा उपयोगी हुने कम्पनीले जनाएकोे छ ।

नियमित रुपमा लगानी गर्न तथा आवश्यकता अनुसार योजनाबद्ध रुपमा रकम प्राप्त गर्न चाहने लगानीकर्ताहरुका लागि शुभ लक्ष्मी कोष आकर्षक लगानी विकल्पका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#कायम
Compare →
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#लक्ष्मी
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#कोष
Compare →
Hamro Patro News
2d ago
राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा विधिपूर्वक भाइटीका लगाउन...

#शुभ
Compare →

Related Stories

Business & Economy
Build #2611