Trending
Prev Story
Next Story

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

Ekantipur •
October 28, 2026 • 03:32 PM
1
1 reads 0 reactions

बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।

काठमाडौँ — भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपास विकसित शक्तिशाली चक्रवात आँधी ‘अर्णव’को प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन सबै वायुसेवा कमेपनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको एयर नेभिगेसन सर्भिसेस सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टले बुधबार जारी गरेको सर्कुलर अनुसार बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी, कम दृश्यता र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्छ। यसबाट विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हवाई सञ्चालन प्रभावित हुन सक्ने सर्कुलरमा उल्लेख गरिएको छ ।

कर्णाली र सुदूरपश्चिमका केही भागमा समेत असर पर्न सक्ने सर्कुलरमा जनाइएको छ ।

प्राधिकरणले खराब मौसममा उडान व्यवस्थापन, विमानको अवतरण र धावनमार्गको अवस्थालाई प्राथमिकतामा राख्न सबै सरोकारवालालाई निर्देशन दिएको छ ।

मौसमका कारण विमानस्थलको दृश्यता निर्धारित न्यूनतम सीमाभन्दा तल झरेमा उडान होल्ड गर्ने वा वैकल्पिक विमानस्थलमा पठाउने विषयमा सम्बन्धित हवाई ट्राफिक सेवा इकाइसँग समन्वय गर्न भनिएको छ ।

सर्कुलरमा उडान भर्ने र अवतरण गर्ने विमानलाई हावाको गति तथा दिशामा अचानक हुने परिवर्तन (विन्डसियर) र हावाको अस्थिरता (टर्बुलेन्स) बारे तत्काल टावरमा सूचना दिन भनिएको छ ।

पाइलटबाट प्राप्त विवरण अभिलेख राख्न र सम्भावित चट्याङ तथा आँधीबेहरीबारे अन्य चालकदललाई सचेत गराउन एटीसीहरुलाई पनि निर्देशन दिइएको छ ।

भारी वर्षाले धावनमार्गमा पानी जम्ने र विमानको ब्रेक प्रभावकारिता घट्ने जोखिमलाई ध्यानमा राख्दै धावनमार्ग तथा ट्याक्सीवेको नियमित निरीक्षण गर्न प्राधिकरणले सबै विमानस्थललाई भनेको छ ।

विमानस्थलले पानी निकास प्रणाली दुरुस्त राख्न, हावाले उडाएर ल्याएका वस्तु हटाउन र धावनमार्गका बत्तीमा समस्या देखिए तत्काल सम्बन्धित विमानलाई जानकारी गराउनुपर्नेछ ।

वायुसेवा कम्पनी र पाइलटलाई उडानपूर्व मौसमको विस्तृत मूल्यांकन गर्न तथा सम्भावित ढिलाइ, आकाशमा होल्डिङ र वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर पर्याप्त इन्धनको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

विमानस्थल सञ्चालकलाई आपत्कालीन प्रतिकार्यको तयारी अवस्थामा रहन तथा सञ्चार, नेभिगेसन र निगरानी प्रणालीको सञ्चालन सुनिश्चित गर्न पनि प्राधिकरणले भनेको छ।

प्राधिकरणद्वारा जारी गरेको यो सर्कुलर सम्भावित मौसमी जोखिमबाट हवाई दुर्घटना र सञ्चालन अवरोध न्यूनीकरण गर्न जारी गरिएको सुरक्षा निर्देशन हो ।

यसमा कुनै निश्चित उडान रद्द गर्न वा विमानस्थल बन्द गर्न भनिएको छैन ।

विमानस्थल, वायुसेवा र चालकदलले मौसम र विमानस्थलको वास्तविक अवस्था हेरेर उडानसम्बन्धी निर्णय गर्नुपर्ने हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसम...

#उडान #हवाई
Compare →

Related Stories

Technology
Build #2611