Trending
Prev Story
Next Story

काठमाडौं उपत्यकामा रगतको चरम अभाव

Ekantipur •
October 28, 2026 • 03:32 PM
1
1 reads 0 reactions

मिर्गौला फेल भएका बिरामी, शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने गर्भवती महिला, थालसेमिया र क्यान्सरका बिरामी जोखिममा

काठमाडौं उपत्यकामा रगतको चरम अभाव

मिर्गौला फेल भएका बिरामी, शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने गर्भवती महिला, थालसेमिया र क्यान्सरका बिरामी जोखिममा

काठमाडौं — कालीकोटको नरहरिनाथ गाउँपालिका–७ का परेक विकले रक्तदाता भेटिने आशामा प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा बुधबार दिनभरि प्रतीक्षा गरे । जलेर सिकिस्त भएकी एक वर्षीया छोरीको बिहीबार बिहान हुने शल्यक्रियाका लागि कीर्तिपुर अस्पतालका चिकित्सकहरूले उनलाई बुधबार बेलुकासम्म २ पिन्ट रगत जोहो गर्ने भनेका छन् । ‘म घण्टौंदेखि ब्लड बैंकमा कुरिरहेको छु, तर एक जना पनि रक्तदाता भेट्टाउन सकिनँ,’ विकले भने, ‘यो सहरमा चिनेजानेको पनि कोही छैन । कोही आइदेला कि भनेर कुरिरहेको छु । यहाँका सरहरू पनि पर्खनुहोस् मात्रै भन्नुहुन्छ । कोही दाता आइदिन्छन् कि भनेर कुरी बसेको छु । रगत जोहो गर्न नसके भोलि छोरीको अपरेसन हुन्न ।’

उनकी एक वर्षीया छोरी बबिता तीन महिनाअघि कालिकोटस्थित घरमै जलेर सख्त घाइते भएकी थिइन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो ।

सिकिस्त बिरामीको उपचारका लागि रगतको व्यवस्था गर्न संघर्ष गरिरहेका सयौं आफन्तमध्ये विक पनि एक हुन् । अहिले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रसहित उपत्यकाका अधिकांश ब्लड बैंकमा रगतको मौज्दात सकिएको छ भने बिरामीको आफन्त रक्तदाता खोज्दै अस्पताल–अस्पताल भौंतारिरहेका छन् ।

‘हामीकहाँ फ्रेस ब्लड, होल ब्लड, प्याक्ड सेललगायत सबै प्रकारका रगतको मौज्दात सकिएको छ,’ ब्लड बैंकका निर्देशक डा. प्रकाशकुमार यादवले भने, ‘हामीकहाँ मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश ब्लड बैंकमा रगत सकिएको छ ।’

लामो दसैं बिदाका कारण रक्तदान घटेसँगै उपत्यकाका अधिकांश रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ, जसले गर्दा गम्भीर अवस्थाका बिरामीलाई आवश्यक रगत जोहो गर्न आफन्तलाई सकस भएको छ ।

उपत्यकाका ब्लड बैंकमा रगतको चरम अभाव र उच्च माग हुँदै गर्दा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति नै जारी गरी सर्वसाधारणलाई रक्तदान गर्न विशेष अनुरोध गरेको छ । दसैं बिदा सुरु भएदेखि रक्तदान कार्यक्रम हुन नसकेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग दिनानुदिन बढ्दै गएको भन्दै ब्लड बैंकले रक्तदान गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

‘हरेक दिन सयौं बिरामीका आफन्त रगतका लागि ब्लड बैंकमा आउँछन्, तर हामीले केहीलाई मात्र रगत उपलब्ध गराउन सकेका छौं,’ ब्लड बैंकका अर्का अधिकारी सञ्जीवकुमार यादवले भने, ‘मेरै आमाको पनि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको भल्भ फेर्न शल्यक्रिया गर्नुपर्ने छ । त्यसका लागि रगत चाहिन्छ, उहाँका लागि पनि रगतको व्यवस्था गर्न सक्छु कि सक्दिनँ भन्ने निश्चित छैन ।’

रगतको अभावको गम्भीरता देखाउन अधिकारीहरू ब्लड बैंकका खाली फ्रिज देखाउँदै सर्वसाधारणलाई अवस्थाको गम्भीरता बुझ्न आग्रह गर्ने गरेका छन् । उपत्यकाका कलेजहरू बन्द भएर युवा विद्यार्थी दसैं मनाउन गाउँ फर्किएपछि रगत संकलन घटेको उनीहरू बताउँछन् ।

अधिकारीहरूका अनुसार दैनिक केही रक्तदान कार्यक्रम आयोजना भइरहे पनि रक्तदाताको उपस्थिति न्यून छ । ‘१० भदौको भोटेकोशी बाढीपछि धेरैले रक्तदान गरेका थिए । उनीहरूले फेरि रक्तदान गर्न तीन महिना पुगेको छैन,’ यादवले भने, ‘गम्भीर बिरामीका लागि रगत खोजिरहेका आफन्तले मध्यरातमा समेत फोन गर्छन् । तर हामीले केही व्यवस्था गर्छौं भनेर आश्वासन दिनुबाहेक केही गर्न सकिरहेका छैनौं ।’ दाताको न्यून उपस्थित भएपछि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाले पनि आफ्ना कार्यक्रम स्थगित गरेका छन् ।

रगतको चरम अभाव भएपछि ब्लड बैंकले बैंक, सरकारी कार्यालयलगायत संघसंस्थालाई आफ्ना सदस्य तथा कर्मचारीलाई रक्तदानका लागि प्रोत्साहित गर्न पनि आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको भक्तपुर शाखाअन्तर्गत सञ्चालित ब्लड बैंकका अधिकारीहरूका अनुसार बिरामीका आफन्तले चौबीसै घण्टा फोन गरेर रगत माग्ने गरेका छन् । तर उनीहरूले कसैलाई पनि रगत उपलब्ध गराउन सकेका छैनन् । ‘शनिबारसम्म पनि हाम्रो रक्तदान कार्यक्रम छैन । शनिबार कति जनाले रक्तदान गर्छन् भन्ने पनि निश्चित छैन,’ भक्तपुर ब्लड बैंकका नवराज खत्रीले भने, ‘जिल्लाभित्रका अस्पतालका साथै काठमाडौं र ललितपुरबाट पनि रगतको माग अत्यधिक छ ।’

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अधिकारीहरूले काभ्रेपलाञ्चोक, दोलखा, धादिङ, हेटौंडा, जनकपुरलगायतका स्थानका ब्लड बैंकलाई पनि रगत संकलन गर्न आग्रह गरेका छन् । तर तीमध्ये कुनै पनि केन्द्रले रक्तदान कार्यक्रम आयोजना गर्न सकेको छैन ।

‘रक्तदान कार्यक्रम आयोजना भयो भने हामी वीरगन्जसम्म पनि पुग्छौं,’ ब्लड बैंकका यादवले भने, ‘हामीले सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायलाई पनि सहयोगका लागि अनुरोध गरेका छौं । ती निकायले रक्तदान कार्यक्रम सञ्चालन गरे अहिलेको संकट समाधान गर्न सकिन्छ ।’

रगतको अभाव लम्बिँदै गए मिर्गौला फेल भएका बिरामी, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने गर्भवती महिला, थालसेमिया र क्यान्सरका बिरामी जोखिममा पर्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

‘मेरा श्रीमान्को हेमोग्लोबिनको मात्रा घटेर ५.४ मा झरेको छ, जबकि मिर्गौला फेल भएर डायलसिस गर्दै गरेकामा ७ भन्दा माथि हुनुपर्छ । वीर अस्पतालका चिकित्सकले तत्काल दुई पिन्ट रगतको व्यवस्था गर्न भन्नुभएको छ,’ रूपन्देहीकी राधा शर्माले भनिन्, ‘तर मैले अस्पतालमा पनि रगत पाउन सकिनँ, ब्लड बैंकमा पनि पाइनँ ।’ चिकित्सकहरूका अनुसार नियमित शल्यक्रिया स्थगित गर्नुपरे काठमाडौं उपत्यकाबाहिरबाट उपचारका लागि आएका बिरामी बढी प्रभावित हुनेछन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
4h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
8h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
11h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611