Trending
Prev Story
Next Story

निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ

Nagarik News •
October 28, 2026 • 12:02 PM
1
1 reads 0 reactions

स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ

उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

ज्ञापनपत्रमा स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नु र विकास निर्माणका काम अघि बढाउनु भएकाले त्यसका लागि गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुने पार्टीको तर्क छ ।

उज्यालो नेपालले गैरदलीय निर्वाचनको प्रस्ताव दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारेको छ । स्थानीय तहको निर्वाचनमा दलगत प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने भन्दै पार्टीले गैरदलीय प्रणालीको सम्भाव्यता अध्ययन गर्न माग गरेको छ ।

स्थानीय नेतृत्व चयनमा दलगत प्रभाव कम गर्दै सक्षम, इमानदार र जवाफदेही नेतृत्व स्थापित गर्नु प्रस्तावको मुख्य उद्देश्य रहेको पार्टीले जनाएको छ । त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउन पनि निर्वाचन आयोगसँग आग्रह गरिएको छ ।

यसैगरी, वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पार्टीले माग गरेको छ ।

विदेशमा रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक, सुरक्षित र विश्वसनीय मतदान विधिको विकास तथा आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार तयार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

उज्यालो नेपालले गैरदलीय स्थानीय निर्वाचनको विषयलाई सार्वजनिक बहसमा मात्र सीमित नराखी नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिएको छ । आगामी स्थानीय तहको निर्वाचनअघि नै आवश्यक अध्ययन, कानुनी संशोधन र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना बनाउनसमेत पार्टीले आग्रह गरेको छ ।

संविधानको धारा २४६ ले निर्वाचन आयोगलाई दिएको संवैधानिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधार र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आयोगले अध्ययन, सरोकारवालासँग परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नीतिगत सिफारिस गर्नुपर्ने पार्टीको माग छ ।

प्रकाशित: ११ कार्तिक २०८३ १७:४७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
चैतमा  स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्। शुक्रबार जनकपुरमा आयोजित...

#निर्वाचन #तहको
Compare →
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#निर्वाचन
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612