Trending
Prev Story
Next Story

रसुवागढी हाइड्रोले बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई दियो ५ लाख रुपैयाँ राहत

Arthasansar •
October 16, 2026 • 03:14 PM
2
2 reads 0 reactions

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले...

रसुवागढी हाइड्रोले बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई दियो ५ लाख रुपैयाँ राहत

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो । हालसम्म प्राप्त कागजातका आधारमा वेपत्ता तथा मृतक गरी जम्मा ५३ जना कर्मचारीमध्ये ४७ जना कर्मचारीका परिवार तथा आफन्तलाई प्रति परिवार ५ लाख रुपैयाँका दरले कुल २ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

बाँकी प्रभावित परिवारलाई आवश्यक कागजात प्राप्त भएपछि नियमानुसार राहत रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ । रसुवाको टिमुरेमा अवस्थित रसुवागढी जलविद्युत् आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति पुर्‍याएको थियो । बाढीका कारण आयोजनामा कार्यरत नियमित करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारीतर्फका दुई जना गरी ५२ जना कर्मचारी बेपत्ता भएको कम्पनीको विवरणमा उल्लेख छ । तीमध्ये एक जना कर्मचारीको शव पहिचान भएको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #राहत #दियो
Compare →
Onlinekhabar
10h ago
मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

#राहत #परिवारलाई
Compare →
Nagarik News
15h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#बेपत्ता
Compare →
Ekantipur
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#बाढी #राहत
Compare →

Related Stories

Business & Economy
Build #2612