Trending
Prev Story
Next Story

१२ दिनदेखि उद्धारको पर्खाइमा

Nagarik News •
October 28, 2026 • 10:15 AM
1
1 reads 0 reactions

नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन ।

१२ दिनदेखि उद्धारको पर्खाइमा

बूढीगण्डकी नदीको बीचमा रहेको सानो टापुमा फसेको एउटा कुकुर १२ दिनदेखि उद्धारको पर्खाइमा छ । नदी पार गर्न नसकेपछि टापुमै थुनिएको कुकुर भोकै रहेको स्थानीयले बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–३, जगत बजार र धार्चे गाउँपालिका–१, ठाडोभीर्याङ जोड्ने क्षेत्रनजिकै बूढीगण्डकी नदीको बीचमा रहेको टापुमा कुकुर फसेको हो । स्थानीयका अनुसार यो कुकुर ठाडोभीर्याङका कमल कार्कीको हो ।

जङ्गलतिर गएको कुकुर नदीको बीचमा रहेको टापुमा पुगेपछि बाहिर निस्कन नसकेको बताइएको छ । मनास्लु पदमार्गमा हिँड्ने पर्यटकले समेत पछिल्लो १२ दिनदेखि कुकुरलाई त्यही टापुमा देख्दै आएको स्थानीयको भनाइ छ ।

नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन । लामो समयदेखि खाना नपाएको कुकुरको अवस्था दयनीय बनेको भन्दै स्थानीयले तत्काल उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

स्थानीय कुशल घलेले कुकुरलाई तत्काल उद्धार गर्न अपिल गरेका छन् । नदीमा डुङ्गाको व्यवस्था गरेर उद्धार गर्न सकिने भन्दै उनले सुरक्षाकर्मीसँग उपलब्ध डुङ्गासमेत प्रयोग गर्न सकिने बताएका छन् ।

उक्त क्षेत्रमा केही बाख्रासमेत फसेको स्थानीयले बताएका छन् ।

नदीको बीचमा फसेको कुकुरको उद्धारमा ढिलाइ भइरहँदा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि भोकै रहेको जनावरको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धारको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित: ११ कार्तिक २०८३ १६:०० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित १३ मिनेट अघि काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगद...

#कुकुर #उद्धार
Compare →
Onlinekhabar
10h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →

Related Stories

Technology
Build #2611