Trending
Prev Story
Next Story

ओलीको आरोप- सरकार बेलगाम फाँसीवादतर्फ अघि बढ्यो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् । देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन …

ओलीको आरोप- सरकार बेलगाम फाँसीवादतर्फ अघि बढ्यो

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् ।

देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने, ‘देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको छ । गुण्डाराज चलिरहेको र सरकार बेलगाम फाँसीवादतर्फ अगाडि बढिरहेको छ ।’

देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा एमालेको काँधमा आएको ओलीले दाबी गरे ।

फागुन २१ मा भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोस्रो श्रृंङ्खला भएको पनि उनले टिप्पणी गरे ।

एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात...

#केपी-ओली #एमा #ओली
Compare →
Nagarik News
1w ago
प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

#केपी-ओली #एमा #ओली
Compare →
Bizshala
11h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #ओली
Compare →

Related Stories

World News
Build #2611