Trending
Prev Story
Next Story

नेप्सेमा उत्साह, परिसूचक र कारोबार रकम दुबै बढे

Ekantipur •
October 28, 2026 • 10:00 AM
1
1 reads 0 reactions

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।

नेप्सेमा उत्साह, परिसूचक र कारोबार रकम दुबै बढे

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार ३३.२९ अंकले बढेको छ । मंगलबार करिब एक अंकले मात्र सुधारिएर बन्द भएको  नेप्से बुधबार दोहोरो अंकले बढेको हो ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।

सो दिन कारोबारमा आएकामध्ये २४१ कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घट्यो । बाँकी ३ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेक सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।

बुधबार कुल ६३ हजार ७ सय ४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।

बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ । प्राइम डिबेञ्चरको सेयर मूल्य सबैभन्दा बढी २.९६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लिवर्टी इनर्जी सबैभन्दा अघि छ । प्रतिकित्ता २ सय ५० रुपैयाँका दरले यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
14h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से #बढे
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #नेप्से #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612