तिहारमा सजावटका लागि विद्युतीय बत्तीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका दियोको माग घट्न थालेको छ । यसले भक्तपुरका प्रजापति समुदायका कुमालेहरूलाई पुर्ख्यौली पेसाको भविष्यप्रति चिन्तित बनाएको छ ।
तिहारमा सजावटका लागि विद्युतीय बत्तीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका दियोको माग घट्न थालेको छ । यसले भक्तपुरका प्रजापति समुदायका कुमालेहरूलाई पुर्ख्यौली पेसाको भविष्यप्रति चिन्तित बनाएको छ ।
तिहार नजिकिँदा कुनै समय रातदिन दियो बनाउन व्यस्त हुने कुमालेहरू पछिल्ला वर्षमा बिक्री घट्दै गएको बताउँछन् । माग घटेपछि कतिपयले वैकल्पिक पेसा अपनाउनेबारे समेत सोच्न थालेका छन् ।
विगत २० वर्षदेखि पारिवारिक पेसालाई निरन्तरता दिँदै आएका साजन प्रजापतिलाई आफ्नो पुस्तासँगै माटाका दियो बनाउने परम्परा पनि हराउने चिन्ता छ ।'१० वर्षअघि हामी अहिलेभन्दा निकै व्यस्त हुन्थ्यौँ । अहिले माग उल्लेख्य रूपमा घटेको छ । त्यतिबेला माटाका दियो बनाउने काममा करिब १०० परिवार संलग्न थिए र हामीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, भारतलगायत अन्य देशबाट विद्युतीय बत्ती आउन थालेपछि माग घटेको छ,' उनले भने ।
कुमालेहरूका अनुसार चाडपर्व मनाउने शैलीमा आएको परिवर्तन र परम्परागत माटाका दियोको सट्टा विद्युतीय बत्तीप्रतिको बढ्दो आकर्षणले पुर्ख्यौली पेसा संकटमा परेको छ ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।