अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्वीस सरकारको सहकार्यमा ललितपुरको गोदावरीमा कार्यशाला आयोजना गरिएको हो ।
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधकिारीको रणनीतकि तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने रणनीतिक कार्यशाला सुरु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्वीस सरकारको सहकार्यमा ललितपुरको गोदावरीमा कार्यशाला आयोजना गरिएको हो । अक्टोबर २८ देखि ३०, २०२६ सम्म सञ्चालन हुनेछ । कार्यशालामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव दीपेश खत्री, युरोप क्षेत्रीय महिला उपसंयोजक किरण सिग्देल सहभागी रहेका छन् । एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीसहित विभिन्न राष्ट्रिय समन्वय परषिद्का पदाधिकारी पनि कार्यशालामा सहभागी छन् । कार्यशालाको उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता, रणनीतकि योजना निर्माण, संस्थागत व्यवस्थापन तथा कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नु रहेको छ । कार्यशालामार्फत पदाधिकारीलाई संस्थाको उद्देश्यअनुरूप प्रभावकारी योजना निर्माण, कार्यान्वयन तथा संस्थागत जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिने एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।