Trending
Prev Story
Next Story

के ग्रीन टीले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

Onlinekhabar •
October 28, 2026 • 08:00:20 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

के ग्रीन टीले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

अनलाइनखबर २०८३ कात्तिक ८ गते १२:४७

ग्रीन टी अहिले स्वास्थ्यवर्द्धक पेयको रुपमा लोकप्रिय छ । कसैले यसलाई मोटोपन घटाउन, कसैले रक्तचाप नियन्त्रण गर्न त कसैले क्यान्सरको जोखिम कम गर्न पिउने गरेका छन् ।

तर ग्रीन टिले चमत्कारिक रुपमा रोग निको पार्ने होइन । सही खानपान र स्वस्थ जीवनशैलीसँगै नियमित सेवन गर्दा यसले शरीरलाई फाइदा पुर्‍याउन सक्छ ।

ग्रीन टिमा एपिगालोक्टेचिन ग्यालेट (ईजीसीजी) नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरमा हुने फ्रि रेडिकल्सबाट कोषिकालाई जोगाउन सहयोग गर्छ । यही कारण ग्रीन टिले क्यान्सरको जोखिम कम गर्न भूमिका खेल्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्रीन टिमा पाइने पोलिफेनोलले रक्तनलीलाई स्वस्थ राख्न र उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्न सक्छ । नियमित रुपमा ग्रीन टि पिउने बानीले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।

तर रक्तचाप कम भएका व्यक्ति वा औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्र पिउनुपर्छ ।

ग्रीन टिमा पाइने क्याटेचिन र क्याफिनले शरीरको मेटाबोलिज्म सुधार गर्न सहयोग गर्छ । यसले शरीरमा जम्मा भएको बोसो प्रयोग गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सक्छ ।

तर केवल ग्रीन टि पिएर मात्र तौल घट्दैन । नियमित व्यायाम र सन्तुलित खानपानसँगै सेवन गर्दा यसको प्रभाव देखिन सक्छ ।

ग्रीन टी दिनमा तीनदेखि चार कपसम्म पिउन सकिन्छ । यसलाई खाली पेटमा, खाना खाँदा वा खाना खानेबित्तिकै पिउनु हुँदैन । खाना खानुभन्दा ३० देखि ४५ मिनेट अघि वा पछि पिउनु उपयुक्त हुन्छ । तातो पानीमा दुई–तीन मिनेट भिजाएर पिउन सकिन्छ ।

ग्रीन टी स्वास्थ्यका लागि लाभदायक भए पनि यो औषधि होइन । अत्यधिक सेवन गर्दा समस्या हुन सक्छ । गर्भवती महिला, कम रक्तचाप भएका व्यक्ति तथा नियमित औषधि सेवन गरिरहेकाले चिकित्सकको सुझाव लिनुपर्छ ।

यस सम्बन्धि विस्तृत जान्नका लागि दिइएको लिंकमा थिच्नुहोस् । लिंक : www.onlinekhabar.com/2023/12/1406430

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

#नियन्त्रण
Compare →
Hamro Patro News
1w ago
सर्वोच्चले झिकायो ‘ग्रीन आर्मी’लाई अनुमति दिने रक्षा र गृह मन्त्रालयको निर्णय

सर्वोच्चले झिकायो ‘ग्रीन आर्मी’लाई अनुमति दिने रक्षा र गृह मन्त्रालयको निर्णय

काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक संरचना खडा गर्दै ‘ग्रीन आर्मी’का नामबाट गतिविधि गरेको एक विवादमा सर्वोच्च अदालतले रक्षा र गृह मन्त्रालयबाट निर्णयसहितको सक्कल फाइल झिकाएको छ । सर्वोच्च...

#ग्रीन
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण
Compare →

Related Stories

Health & Wellness
Build #2611