Trending
Prev Story
Next Story

ग्यास बेच्दा भ्याट बिल दिन पुनः ताकेता

Nagarik News •
October 28, 2026 • 06:06 AM
1
1 reads 0 reactions

अब खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्यअभिवृद्धि कर (भ्याट) बिल दिनुपर्ने भएको छ।

ग्यास बेच्दा भ्याट बिल दिन पुनः ताकेता

अब खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्यअभिवृद्धि कर (भ्याट) बिल दिनुपर्ने भएको छ। बिक्रेताले बाढीपहिरोगायत कारणले सडक अवरुद्ध हुँदा एलपी ग्यास ढुवानीमा समस्या भएको देखाउँदै उपभोक्तासँग बढी मूल्य लिएको गुनासो बढेको छ।

यस्तो गुनासो बढेसँगै निगमको एलपी ग्यास तथा एभिएसन विभागले सम्बन्धित सबै ग्यास उद्योगलाई पत्राचार गर्दै डिलर तथा बिक्रेतामार्फत ग्यास बिक्री गर्दा अनिवार्य रूपमा उपभोक्तालाई भ्याट बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो। निर्देशन पालना नगर्ने कडा कारबाहीको भागिदार हुने निगमको चेतावनी छ।

विभागका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायले उपभोक्तालाई ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिन उद्योगहरूलाई निर्देश गरिएको जानकारी दिए। उनले ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो प्राप्त भएका कारण अनिवार्य भ्याट बिल दिन उद्योगहरूलाई निर्देशन गरिएको बताए।

निगमले यसअघि पनि ग्यास बिक्री वितरणमा अनिवार्य बिलबिजक जारी गर्न सम्बन्धित उद्योगी तथा बिक्रेता संघसंस्थालाई पत्राचार गरिए पनि बेवास्ता गरेकाले कार्यान्वयनका लागि फेरि निर्देशन दिनुपरेको जनाएको छ। यसअघि २०८१ साउन ३० गते र माघ १० गते पनि यसै विषयमा निगमले पत्राचार गरेको थियो।

हाल निगमले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरेको छ। ग्यास अभावका बेला केही बिक्रेताले प्रतिसिलिण्डर २ हजार ७ सय देखि ३ हजार रुपैयाँसम्म लिएको र बिल पनि नदिएको गुनासो उपभोक्ताको छ। यसैकारण उपभोक्तालाई भ्याट बिल अनिवार्य दिन पुनः निर्देशन जारी गर्नुपरेको निगमले जनाएको छ।

ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्दा कारोबार अभिलेख व्यवस्थित राख्न, बिक्री विवरण यकिन गर्न र बिक्रेता तथा वितरकको जिम्मेवारी स्पष्ट बनाउन सहयोग पुग्ने अपेक्षा निगमको छ।

बिलबिजकले उपभोक्तालाई आफूले खरिद गरेको ग्यासको मूल्य र कारोबारको प्रमाण सुरक्षित राख्नसमेत मद्दत गर्छ। निगमले ग्यास उद्योगहरूलाई डिलर तथा बिक्रेताको गतिविधि नियन्त्रण र नियमन गर्दै निर्देशन कार्यान्वयन गराउन आग्रह गरेको छ।

खाना पकाउने ग्यास दैनिक उपभोग्य वस्तु भएकाले यसको बिक्रीवितरणमा पारदर्शिता कायम हुनु आवश्यक छ। ग्यास खरिद गर्दा बिल उपलब्ध भएमा उपभोक्ताले आफूले गरेको कारोबारको प्रमाण राख्न सक्छन्। मूल्य, बिक्री विवरण तथा अन्य कारोबारसम्बन्धी विषयमा विवाद उत्पन्न भएमा बिल उपयोगी प्रमाण बन्न सक्छ।

बिलबिजक जारी गर्ने व्यवस्थाले बजारमा हुन सक्ने अनियमितता, उपभोक्ता ठगी तथा कालोबजारीको जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुग्छ। तर निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने देखिन्छ।

प्रकाशित: ११ कार्तिक २०८३ ११:५१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

१९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ । तर, यसका लागि सरकारले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) को व्यवस्था लागु नहुने …

#ग्यास
Compare →
Hamro Patro News
1w ago
ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौँ / नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ । आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन र उ...

#ग्यास
Compare →
Bizshala
4d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#ग्यास
Compare →
Ekantipur
6d ago
तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’

#ग्यास
Compare →

Related Stories

Technology
Build #2612