Trending
Prev Story
Next Story

दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७३ लाख

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकहरुबाट …

दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७३ लाख

११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

पर्यटकहरुबाट सो अवधिमा एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार दशैंको अवधिमा ११ हजार ८९१ नेपाली, सार्क देशका ८३१, तेस्रो देशका विदेशी ७ हजार ३ सय ६५ जनाले निकुञ्ज घुमेका हुन् ।

सबैभन्दा धेरै सौराहा क्षेत्रबाट पर्यटकहरु निकुञ्जमा जीप सफारी गरेर घुमेको निकुञ्जको तथ्यांकले देखाउँछ । सौराहाबाट दशैंको टिका लगत्तै नेपाली पर्यटक बढेका थिए । कात्तिक ६ गते २ हजार ३७, कात्तिक ७ गते २ हजार ८६, कात्तिक ८ गते १७ सय १३ जना नेपाली पर्यटकले सौराहा पोष्टबाट निकुञ्ज घुम्न गएको देखिएको छ ।्नि

कुञ्जले नेपालीसँग १५०, सार्क मुलुकका पर्यटकसँग १ हजार र तेस्रो मुलुकका पर्यटकसँग २ हजार रूपैयाँ शुल्क लिने गर्दछ । प्रति जिपको एकपटक गएको ५ हजार लिने गरिन्छ । निकुञ्जले पहिलोपटक सौराहा क्षेत्रको पोष्टबाट २०८३ असोज २९ गतेदेखि अनलाइन टिकट काट्न मिल्ने व्यवस्था गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरी जंगली जनाबर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न तथा शान्त राप्ती नदीमा डुंगा शयर गर्नुका साथैं यहाँको थारु संस्कृतिमा रमाउनका लागि पर्यटकहरु चितवन आउने गर्दछन् । निकुञ्ज प्रवेश गर्ने प्रमुख केन्द्र वरपर राप्ती नदी किनारमा ठूला तथा साना होटलहरु बनेका छन् ।

निकुञ्ज भित्र जीप सफारी गर्ने, सामुदायिक तथा मध्यवर्ती बनमा हात्ती सफारी, राप्ती नदीमा डुंगा सफारी यहाँका प्रमुख पर्यटकीय गतिविधी हुन् । सौराहासहित दशैंको बेलामा पश्चिम चितवनको मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुको उल्लेख्य संख्या रहेको होटल तथा पर्यटन व्यवसायीहरुले जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ७२ हजार ९२३ पर्यटकहरुले घुमेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#चितवन #पर्यटक
Compare →
Hamro Patro News
12h ago
घाँसेमैदान सफा गरेपछि सहजै देखिन थाले वन्यजन्तु

घाँसेमैदान सफा गरेपछि सहजै देखिन थाले वन्यजन्तु

जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदैआएको छ । बर्सातको समयमा भने बाटो ब...

#निकुञ्ज #चितवन
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Business & Economy
Build #2611