Trending
Prev Story
Next Story

बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्दै, कार्यसमिति बैठक डाकिने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् । एन्फाको विधानको …

बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्दै, कार्यसमिति बैठक डाकिने

११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् ।

एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न माग गरेका थिए । तर, अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म नडाकेपछि आफुहरु बैठकका लागि अगाडि बढेको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । ‘विधानको व्यवस्थाअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्‍यौं । तर, अध्यक्षज्यूले बैठक डाक्नुभएन । अब मेरो नेतृत्वमा बैठक डाकेर आवश्यक निर्णय गर्छाैं’ उनले अनलाइन खबरसँग भने ।

उनीहरुले अहिले ललितपुर सादोबाटोमा रहेको मुख्यालयको तालामा खोल्दैछन् । ताला खोलेर १३ गतेको बैठकका लागि पत्र काट्ने एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले जानकारी दिए । १३ गते बैठक बसेर सरकार, एएफसी र फिफालाई सहजीकरणका लागि पत्र लेख्ने लामाले बताए ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका छैनन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्र्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#बहुमत
Compare →
Hamro Patro News
6d ago
न्युजिल्याण्डमा कुनै पनि दलको बहुमत छैन, अब सरकारको सूत्र के होला ?

न्युजिल्याण्डमा कुनै पनि दलको बहुमत छैन, अब सरकारको सूत्र के होला ?

शनिबार न्युजिल्याण्डमा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएनन्। देशका दुई प्रमुख दलका नेताहरू गठबन्धन सरकार गठन गर्न वार्ताको तयारीमा छन्। प्रधानमन्त्री क्रिस्टोफर लक्सनको मध्य-दक्षिणपन्थी...

#बहुमत
Compare →
Ekantipur
1w ago
अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

#बहुमत
Compare →

Related Stories

World News
Build #2612