Trending
Prev Story
Next Story

संखुवासभा गोल्डकप कात्तिक १४ देखि, तयारी पूरा

Ekantipur •
October 28, 2026 • 05:30 AM
1
1 reads 0 reactions

बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) ले सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

संखुवासभा गोल्डकप कात्तिक १४ देखि, तयारी पूरा

बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) ले सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

संखुवासभा — कात्तिक १४ बाट २० गतेसम्म हुने खाँदबारीमा हुने संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) ले सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

कात्तिक १५ गते सलहेश युवा क्लब सिरहा र लोहोरुङ क्लब पाङ्माबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। कात्तिक १६ गते प्लानिङ ब्वाइज युनाइटेड कन्मान्डौं र खाँदबारी युथ क्लब आमनेसामने हुनेछन्। त्यस्तै, कात्तिक १७ गते झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।

प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल कात्तिक १८ गते र दोस्रो सेमिफाइनल कात्तिक १९ गते हुनेछ। उपाधिका लागि कात्तिक २० गते फाइनल भिडन्त हुने प्रतियोगिताका संयोजक जिल्लामान राईले जानकारी दिए।

पहिलो संस्करणको संखुवासभा गोल्डकपको आकर्षण पुरस्कार राशि पनि हो। प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’ले पाँच हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितालाई यस वर्षदेखि जिल्लाकै पहिचान र प्रतिनिधित्व गर्ने उद्देश्यले ‘संखुवासभा गोल्डकप’ नाम दिइएको खाँदबारी–३ का वडाध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष भरत घिमिरेले जानकारी दिए। लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगितालाई गोल्डकपका रूपमा विकास गरिएपछि जिल्लामा फुटबलको आकर्षण थप बढ्ने उनले बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
12h ago
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#संखुवासभा
Compare →
Hamro Patro News
16h ago
फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० फ्रेन्चाइज लिगमाथि आफ्नो अधिकार र निगरानी बढाउने प्रस्ताव अघि सारेको छ । क्रिकेटको खेल भावना, विश्वसनीयता र अन्तर्राष्ट्रिय खेलतालिकामा फ...

#देखि #तयारी
Compare →
Bizshala
17h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#देखि #तयारी
Compare →

Related Stories

Sports
Build #2612