एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजसँग सम्पर्क गर्नुअघि क्लबलाई लिखित जानकारी नदिएको भन्दै स्पेनिस फुटबल संघले बार्सिलोनालाई ६ सय २ युरो जरिवाना गरेको छ ।
काठमाडौँ — एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजसँग सम्पर्क गर्नुअघि क्लबलाई लिखित जानकारी नदिएको भन्दै स्पेनिस फुटबल संघले बार्सिलोनालाई ६ सय २ युरो जरिवाना गरेको छ ।
एट्लेटिकोले ला लिगाको प्रतिस्पर्धी क्लब बार्सिलोनाले अर्जेन्टिनी फरवार्ड अल्भारेजसँग आफूलाई जानकारी नदिई सम्पर्क गरेको भन्दै उजुरी दिएको थियो । बार्सिलोनाले अल्भारेजलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएको आरोप लागे पनि २६ वर्षीय खेलाडी एट्लेटिकोमै छन् । उनको सम्झौता सन् २०३० को जुनसम्म कायम छ । एट्लेटिकोले यस विषयमा फिफामा समेत उजुरी गरेको थियो । तर, फिफाले यस मामिलामा आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै कारबाही गर्न अस्वीकार गरेको थियो ।
यस सिजन एट्लेटिकोका समर्थकबाट पटक–पटक आलोचना र हुटिङको सामना गरेका अल्भारेजले शनिबार डेपोर्टिभो ला कोरुनाविरुद्ध निर्णायक गोल गरेका थिए । त्यसपछि केही समर्थकले उनलाई उभिएर सम्मानसमेत गरेका थिए । उक्त जितसँगै प्रशिक्षक डिएगो सिमिओनेको टोली शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछाडि छ ।
खेलपछि अल्भारेजले समर्थकसँग माफी माग्दै बार्सिलोना जाने इच्छा व्यक्त गरेको आफ्नो ग्रीष्मकालीन अन्तर्वार्ता गल्ती भएको स्वीकार गरेका थिए ।