पाकिस्तान क्रिकेट बोर्डले एनपीएलमा आउने प्रत्येक खेलाडीका लागि २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन्।
काठमाडौँ — पाकिस्तान क्रिकेट बोर्ड-पिसीबीले एनपीएल खेल्न आउने आफ्ना खेलाडीबापत प्रतिव्यक्ति २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले खेल सुरु हुनै लाग्दा राखेको नयाँ शर्तले नेपाली टोलीहरु थप दबाबमा परेका छन् । यसको प्रत्यक्ष मारमा परेको चितवन राइनोजले मुख्य खेलाडीका रुपमा भित्र्याएका पाकिस्तानी खेलाडी मैदानमा उतार्न सकेन । उसले वैकल्पिक खेलाडीकै भरमा पहिलो खेल खेल्नुपर्ने बाध्यता भयो ।
अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।