एउटै जात्रामा तीन देवताको छुट्टाछुट्टै खट निकालिने परम्पराले हाँडीगाउँको उत्सवलाई अन्यत्र नभएको जात्राका रूपमा चिनाएको छ।
काठमाडौँ — कहीँ नभएको जात्रा हाडी गाउँमा- यो उखान त तपाईंहरुलाई थाहा नै होला । हो त्यही जात्रा आज काठमाडौंको हाँडीगाउँमा मनाइएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाडीगाउँमा चोक्ते नारायण अर्थात ब्रम्हा विष्णु र महेश्वरको छुट्टाछुट्टै खट जात्रा गरि मनाइन्छ । यो जात्रा किन कहीँ नभएको मानियो ?
नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।