रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेमा पूर्वसहमतिअनुसार मुख्यमन्त्री परिवर्तन गर्ने विषयले प्रवेश पाएको छ ।
साउन १४ गते पूर्वमुख्यमन्त्री लिला गिरी र अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा राखेर पहिलो चरणको डेढदेखि दुई महिना आचार्यलाई नै निरन्तरता दिने र दसैंलगत्तै गिरीलाई जिम्मेवारी दिएर छाड्नुपर्ने प्रस्ताव गरेर तत्कालीन समयको विवाद टुंगाएका थिए । सोही आधारमा गिरीलाई मुख्यमन्त्री बनाउने पक्षले अहिले पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने विषय अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )