Trending
Prev Story
Next Story

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित …

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ ।

जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुख सहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

मंगलबार दायर फिरादपत्रमा सभामुख घर्ती, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई पनि विपक्षी बनाइएको छ ।

काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । सोही क्रममा प्रदेशसभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन् ।

जनता समाजवादी पार्टी नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले भदौ १ मा पार्टीका लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई पार्टीको निर्णयअनुसार प्रदेश सरकारसम्बन्धी विश्वासको मतको प्रक्रियामा पार्टीको निर्देशन पालना गर्न जानकारी गराएको थियो।

सन्तोष पाण्डे, भण्डारीलाल अहिर,आदेश अग्रवाल र हेमा बेल्वासे केसी ले पार्टीको निर्देशन उल्लंघन गरी मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएपछि पार्टीले चारै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई गराइएको थियो ।

तर, सभामुख र प्रदेश सभा सचिवालयले जसपा नेपालको नेतृत्वसँग कुने सम्पर्क नगरी सरकार टिकाउने उद्देश्यले पार्टीबाट निश्कासित चार जना सांसदमाथि कारवाही नगरी पदीय मर्यादा विपरीत पक्षपातपूर्ण व्यवहार देखाएको निवेदक काफ्लेको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#सभामुख
Compare →
Ekantipur
11h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →
Hamro Patro News
1d ago
कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको प्लेअफमा पहिलो स्थान बनाउने टोली लुम्बिनी लायन्स बनेको छ।

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2611