Trending
Prev Story
Next Story

धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा …

धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ

११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ ।

मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा गोदावरी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बरामद गरिएका सामान र पिकअप जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ । बरामद गरिएको सामान नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

#जिप #चालक
Compare →
Ekantipur
4d ago
बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान दुर्घटनामा परेको थियो ।

#जिप #चालक
Compare →
Hamro Patro News
7h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका ...

#जिप
Compare →

Related Stories

National (Nepal)
Build #2611