काठमाडौं – कुनै समय भूमिगत राजनीतिमा सक्रिय म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको जीवन अहिले कृषि उद्यममा केन्द्रित छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहिसकेका श्रीस अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमार्फत गाउँमै स्वरोजगारको उदाहरण प्रस्तुत गरिरहनुभएको छ ।
दुई दशकभन्दा बढी समय राजनीतिमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर आफ्नै श्रम र लगानीमा कृषि उद्यम सुरु गर्नुभएको हो। उहाँले स्थापना गरेको श्रीस कृषि तथा पशुपन्छी फार्ममा अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उहाँका लागि कृषि केवल जीविकोपार्जनको माध्यम होइन, पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने सम्भावनासमेत हो ।
Read full story at source ( bishowkhabar.com )