Trending
Prev Story
Next Story

ओटीपी माग्नेदेखि फर्जी लिंक पठाउनेसम्म : मौलाउँदैछ अनलाइन बैंकिङ ठगी

Ekantipur •
October 02, 2026 • 09:44 PM
1
1 reads 0 reactions

ओटीपी मागेर, बैंकको नाममा एसएमएस पठाएर वा फर्जी लिंकमार्फत ग्राहकका विवरण हात पारेर अनलाइन ठगी गर्ने क्रम बढ्दै गएको छ ।

ओटीपी माग्नेदेखि फर्जी लिंक पठाउनेसम्म : मौलाउँदैछ अनलाइन बैंकिङ ठगी

ओटीपी मागेर, बैंकको नाममा एसएमएस पठाएर वा फर्जी लिंकमार्फत ग्राहकका विवरण हात पारेर अनलाइन ठगी गर्ने क्रम बढ्दै गएको छ ।

काठमाडौँ — रुपन्देहीकी जुना ज्ञवालीलाई अपरिचित नम्बरबाट फोन आयो । फोन गर्नेले ‘केवाईसी अपडेट नगरे बैंक खाता फ्रिज हुन्छ’ भने । उनले भिडियो कल गर्न भनिन् । भिडियो कलमा बैंकको लोगो र आइडी कार्ड लगाएको व्यक्ति देखेपछि उनले विश्वास गरिन् र ओटीपी दिइन् ।

ओटीपी दिएलगत्तै उनको मोबाइल बैंकिङ एप स्क्यामरको नियन्त्रणमा पुग्यो । बैंकलाई खाता बन्द गर्न खबर गर्दासम्म उनको खाताबाट पटक–पटक गरी ४ लाख ४८ हजार रुपैयाँ अर्कै खातामा स्थानान्तरण भइसकेको थियो ।

यस्तै किसिमको ठगीमा काठमाडौंकी एक युवती पनि बैंकको नाम उल्लेख गरेर आएको एसएमएसबाट ठगीमा परिन् । राष्ट्रिय परिचयपत्र अपडेट गर्न भन्दै आएको एसएमएसमा रहेको लिंक खोलेर बैंकका विवरण भरेपछि उनको खाताबाट पैसा ट्रान्सफर भयो ।

काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाका अनुसार बैंकले ग्राहकसँग खाताको विवरण वा ओटीपी माग्दैन । बैंकको प्रतिनिधि भन्दै कसैले फोन गरे पनि विवरण र ओटीपी दिन नहुने उनको सुझाव छ । फेसबुक, ह्वाट्सएप, भाइबरलगायतबाट आएका लिंक क्लिक नगर्न पनि उनले आग्रह गरेका छन् ।‍

अनलाइन ठगीमा ‘म्युल अकाउन्ट’ अर्थात् फर्जी बैंक खाता प्रयोग हुने गरेका छन् । कमिसनको लोभमा आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिन नहुने सुब्बाको भनाइ छ ।

स्क्याममा परेको थाहा पाए तत्काल बैंकलाई खबर गरी खाता बन्द गर्नुपर्छ । त्यसपछि प्रमाणसहित प्रहरीमा उजुरी दिन सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
क्लिकदेखि बैंक खातासम्म : अनलाइन ठगीबाट चोरिएको पैसा कहाँ पुग्छ ?

क्लिकदेखि बैंक खातासम्म : अनलाइन ठगीबाट चोरिएको पैसा कहाँ पुग्छ ?

काठमाडौं । नेपालमा अनलाइन ठगीमा परेको रकम जम्मा गर्न गिरोहले कैयौँ 'म्यूल खाता' प्रयोग गर्ने गरेका कारण फिर्ता ल्याउन चुनौती देखिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । अनलाइन माध्यमबाट ब्याङ्...

#ठगी #खाता
Compare →
Nagarik News
2w ago
अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

#ठगी
Compare →
Bizshala
2w ago
सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी आरोपमा दुई जना पक्राउ

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी आरोपमा दुई जना पक्राउ

काठमाण्डौ । कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई...

#ठगी
Compare →
Arthasansar
2w ago
बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले...

#बैंकिङ
Compare →
Onlinekhabar
1w ago
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी …

#ठगी
Compare →

Related Stories

Business & Economy
Build #2611