जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ ।
विनोद घिमिरे — धनकुटासहित कोशी प्रदेशका जिल्लामा कात्तिक १२ देखि १४ गतेसम्म चट्याङसहित भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले उक्त अवधिमा धान काट्ने तथा झिझ्याउने काम नगर्न, अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।