Trending
Prev Story
Next Story

नेपाली क्लाइम्बिङ टोली दक्षिण कोरियातिर

Ekantipur •
October 27, 2026 • 02:00 PM
1
1 reads 0 reactions

३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

नेपाली क्लाइम्बिङ टोली दक्षिण कोरियातिर

३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

काठमाडौँ — वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा भाग लिन ५ सदस्यीय खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान गएको छ । ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

पुरुषमा रौनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर छन् । खेलाडीले बोल्डरिङ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई मंगलबारै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गरे ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2611