Trending
Prev Story
Next Story

विवाद थेग्न नसकेपछि कोशी लोकसेवा अध्यक्ष गुरागाईंको राजीनामा

Bizshala •
October 27, 2026 • 01:01 PM
1
1 reads 0 reactions

काठमाण्डौ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।पदको दुरुपयोग...

विवाद थेग्न नसकेपछि कोशी लोकसेवा अध्यक्ष गुरागाईंको राजीनामा

काठमाण्डौ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।

पदको दुरुपयोग गरेको आरोप, अतिरिक्त भत्ता लिएको विषय र अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरिएको विवाद चर्किएपछि गुरागाईंले मंगलबार राजीनामा दिएका हुन्।

उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार राजीनामा स्वीकृत हुने प्रक्रियामा छ।

गुरागाईं पछिल्लो समय आयोगको कामकारबाहीलाई लिएर आलोचनामा पर्दै आएका थिए। विशेषगरी अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयले आयोगको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको थियो।

यी विषयमा विरोध बढ्दै गएपछि गुरागाईंमाथि नैतिक दबाब बढेको थियो।

अन्ततः विवाद बढिरहेकै बेला उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#काठमाडौं #कोशी
Compare →

Related Stories

National (Nepal)
Build #2612