Trending
Prev Story
Next Story

तिहारमा ५२ लाख माला खपत हुने अनुमान

Nagarik News •
October 27, 2026 • 10:22 AM
1
1 reads 0 reactions

तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ।

तिहारमा ५२ लाख माला खपत हुने अनुमान

आगामी तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।

‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।’ अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए।

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदावरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ।

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए।

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ। मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १६:०७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#तिहार
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला
Compare →

Related Stories

Technology
Build #2612