Trending
Prev Story
Next Story

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा …

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा

करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् ।

यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको छ । ट्रेलरले सेन्ट टेरेसा हेरिटेज स्कुलकी विद्यार्थी आयशा मलिकको रहस्यमय मृत्युबाट कथा सुरु हुन्छ भन्ने देखाउँछ ।

आयशाको शव पोखरीमा भेटिन्छ । उनको मृत्यु हत्या हो वा दुर्घटना भन्ने रहस्य सुल्झाउन उनकी जुम्ल्याहा बहिनी अदिति स्कुलमा भर्ना हुन्छिन् । त्यहाँ पुगेपछि उनले आयशाका नजिकका साथी, रुममेट र प्रेमीले केही कुरा लुकाइरहेको शङ्का गर्छिन् । सत्य पत्ता लगाउने क्रममा अदिति स्कुलको वार्षिक ‘स्टुडेन्ट अफ द इयर’ प्रतियोगितामा पनि सहभागी हुन्छिन् ।

सन् २०१२ मा प्रदर्शन भएको ‘स्टुडेन्ट अफ द इयर’मा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा थिए । यसको दोस्रो भाग सन् २०१९ मा प्रदर्शन भएको थियो । नयाँ सिरिजको निर्देशन रीमा मायाले गरेकी छन् भने करण जोहर निर्माता हुन् ।

‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नोभेम्बर १३ देखि जियोहटस्टारमा स्ट्रिमिङ हुने जनाइएको छ । यसले शनाया कपुरको ओटीटी डेब्यु पनि जनाउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
उपासना, सोनाम र शिल्पा अभिनि फिल्म ‘जलाकी’ को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

उपासना, सोनाम र शिल्पा अभिनि फिल्म ‘जलाकी’ को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सोनाम तोप्देन र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘जलाकी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । पुल्चोकस्थित लबिम मलमा रहेको क...

#ट्रेलर
Compare →
Nagarik News
2w ago
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

#इयर
Compare →
Bizshala
4w ago
‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल...

#इयर
Compare →
Setopati
4w ago
सुनिल थापाको अन्तिम फिल्म 'हिमालयन गोल्ड'को ट्रेलर सार्वजनिक, कहिले हुँदै छ प्रदर्शन?

सुनिल थापाको अन्तिम फिल्म 'हिमालयन गोल्ड'को ट्रेलर सार्वजनिक, कहिले हुँदै छ प्रदर्शन?

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले फिल्मलाई फरक शैलीमा निर्माण गरिएको बताए। फिल्ममा गीत नरहेको तर पृष्ठभूमि संगीतलाई विशेष महत्व दिइएको उनको भनाइ छ।

#ट्रेलर
Compare →
Ekantipur
1w ago
‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।

#ट्रेलर
Compare →

Related Stories

Education & Youth
Build #2612