जलविद्युत्, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमूहबाहेक सबै घट्यो । जलविद्युत्को ५९.०५, लघुवित्तको शून्य दशमलव ७६, सामुहिक लगानी कोषको शून्य दशमलव शून्य ७ र अन्य उपसमूहको १.१३ अंकले बढ्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले वृद्धि भएको छ । सामान्य अकंको वृद्धिपछि समग्र नेप्से परिसूचक २ हजार ६३० दशमलव ७६ विन्दुमा उक्लिएको छ ।
जलविद्युत्, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमूहबाहेक सबै घट्यो । जलविद्युत्को ५९.०५, लघुवित्तको शून्य दशमलव ७६, सामुहिक लगानी कोषको शून्य दशमलव शून्य ७ र अन्य उपसमूहको १.१३ अंकले बढ्यो ।
कारोबारमा आएकामध्ये १३५ कम्पनीको सेयर मूल्य बढ्यो, १३६ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनी मूल्य स्थिर रह्यो ।
बेनी हाइड्रोपावरको १४.९८, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको १२.०९, दोर्दी खोला जलविद्युत् कम्पनीको ६.७९, सुपर मादि हाइड्रोपावरको ५.९५, सृजनशील लघुवित्त वित्तिय संस्थाका ५.६८ प्रतिशतले बढ्यो ।
युनिलिभर नेपालको ४.९१, नबिल डिबेञ्चरको ४.३५, आरबीबी फोकस ४० को ३.२९, सनराइज फर्स्ट म्युचअल फन्डको २.९७, केबीएल डिबेञ्चरको २.९६ प्रतिशतले मूल्य घट्यो ।