Trending
Prev Story
Next Story

अपर लोहोरे खोलाका दुई आधारभूत सेयरधनीले २० लाख कित्ता सेयर बेच्ने

Bizshala •
October 27, 2026 • 09:31 AM
4
4 reads 0 reactions

काठमाण्डौ । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारी...

अपर लोहोरे खोलाका दुई आधारभूत सेयरधनीले २० लाख कित्ता सेयर बेच्ने

काठमाण्डौ । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारी गरेका छन्।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने मनसाय कम्पनीसमक्ष पेस गरेका हुन्।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार विन्दिया प्रधानाङ्गले १० लाख १ कित्ता र सरला देवी प्रधानाङ्गले पनि १० लाख १ कित्ता सेयर बिक्री गर्न चाहेका छन्। यसरी दुवै आधारभूत सेयरधनीले कुल २० लाख २ कित्ता सेयर बिक्री तयारी गरेका छन् ।

बोर्डको निर्देशनबमोजिम कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको तोकिएको सीमाभन्दा बढी सेयर बिक्री गर्नुअघि निश्चित अवधि अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दुवै सेयरधनीबाट प्राप्त सेयर बिक्रीको मनसाय कम्पनीले नेप्सेलाई जानकारी गराएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#आधारभूत
Compare →
Onlinekhabar
6d ago
गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ

गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ

२२ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पटका बिक्री वितरण भइरहेको सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती …

#बिक्री #बेच्ने
Compare →

Related Stories

Business & Economy
Build #2612