Trending
Prev Story
Next Story

एकै महिनामा ७३ हजार नेपाली विदेशिने लाइनमा, एकतिहाइको रोजाइ युएई

Bizshala •
October 27, 2026 • 09:31 AM
1
1 reads 0 reactions

काठमाण्डौ । रोजगारीका लागि विदेशिने नेपालीको संख्या अझै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा...

एकै महिनामा ७३ हजार नेपाली विदेशिने लाइनमा, एकतिहाइको रोजाइ युएई

काठमाण्डौ । रोजगारीका लागि विदेशिने नेपालीको संख्या अझै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्याङ्कअनुसार श्रम स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्। कुल संख्यामा पुरुषको हिस्सा करिब ८५.९ प्रतिशत र महिलाको १४.१ प्रतिशत छ।

पहिलोपटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ४३ हजार ५५९ रहेको छ। त्यस्तै, पुरानै गन्तव्यमा फर्किन पुनः श्रम स्वीकृति लिनेको संख्या ३० हजार २०६ रहेको छ।

नेपाली श्रमिकको प्रमुख गन्तव्यमा खाडी मुलुककै वर्चस्व कायम छ। असोजमा मात्रै १०६ भन्दा बढी देशका लागि नेपालीले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा धेरै युएईका लागि २३ हजार ८९९ जनाले श्रम स्वीकृति पाएका छन्। यो कुल श्रम स्वीकृतिको करिब ३२.४ प्रतिशत हो।

त्यसपछि कतारका लागि ११ हजार ४९७, मलेसियाका लागि ९ हजार ६५३, साउदी अरेबियाका लागि ८ हजार ३६६ र कुवेतका लागि ५ हजार २७ जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपेली गन्तव्यमा रोमानिया अगाडि देखिएको छ। रोमानियाका लागि २ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै जापानमा १ हजार ४९५, टर्कीमा १ हजार १०३, दक्षिण कोरियामा १ हजार ४१ र ओमानमा १ हजार ३१ जना गएका छन्।

महिला श्रमिकको उपस्थिति युएई, कुवेत र कतारसँगै साइप्रसमा पनि उल्लेख्य देखिएको छ। साइप्रस जाने ९४५ जनामध्ये ७४९ जना महिला छन्।

सीपगत विवरणअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ४० हजार ७०० जना दक्ष श्रमिक छन्, जुन कुल संख्याको ५५.१७ प्रतिशत हो।

त्यस्तै, २० हजार २२८ जना अदक्ष र १२ हजार ३४२ जना अर्धदक्ष श्रमिक विदेश गएका छन्। व्यावसायिक श्रेणीमा ४१५ र उच्च दक्ष श्रेणीमा ८० जना छन्।

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिने नीति लिएको भए पनि अझै पनि कुल श्रमिकको २७ प्रतिशतभन्दा बढी अदक्ष रूपमा विदेशिएको तथ्याङ्कले देखाउँछ।

जिल्लागत रूपमा झापाबाट सबैभन्दा धेरै ३ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्। समग्र तथ्याङ्कले मधेस र पूर्वी नेपालका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको चाप अझै उच्च रहेको संकेत गर्छ।

एकै महिनामा ७३ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिनुले मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसकेको र वैदेशिक रोजगार अझै पनि ठूलो संख्याका नेपालीको प्रमुख आयआर्जनको विकल्प बनेको देखाउँछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका अनुसार सो महिनामा ५ लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर...

#एकै #महिनामा
Compare →

Related Stories

National (Nepal)
Build #2611