गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका भौतिक संरचना, सवारी साधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ पुगेको छ । बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी सहित सो भुक्तानी गरेका हुन् ।
बाढीको प्रारम्भिक दाबी २० अर्ब ९० करोड ४९ लाख ४१ हजार रुपैयाँ रहेकोमा हालसम्म बीमा कम्पनीहरूले उक्त रकम बराबरको दाबी भुक्तानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, भोटेकोशी र त्रिशूली बाढीका कारण क्षति भएका २ हजार ४९१ वटा दाबी परेका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । हिमालयन एभरेष्टमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख ४५ हजार रुपैयाँको दाबी परेको छ । कम्पनीले दाबी परेकोमध्ये २३ करोड २३ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
Read full story at source ( arthasansar.com )