Trending
Prev Story
Next Story

मलानको अर्धशतकमा विराटनगरविरुद्ध चितवनको राम्रो स्कोर

Ekantipur •
October 27, 2026 • 09:00 AM
1
1 reads 0 reactions

टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो ।

मलानको अर्धशतकमा विराटनगरविरुद्ध चितवनको राम्रो स्कोर

टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो ।

काठमाडौँ — डेविड मलानको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार विराटनगर किंग्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

विरानगरका कप्तान सन्दीप लामिछानेले टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो ।

इंग्लिस ब्याटर मलानले ५० बलमै ७० रन बनाए । तेस्रो संस्करणको एनपीएलमा बनेको यो पहिलो अर्धशतक हो । मलानले समान ५ चौका र छक्का प्रहार गरे । उनका ओपनिङ जोडी देव खनालले १५ बल खेली १ चौकासहित १२ रन बनाए ।

अर्जुन साउद ८ बल खेली ३ रनमै आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ली २९ रन बनाई अविजित रहे । बोपाराले २६ बल खेली १ चौका र २ छक्का तथा मुस्लीले २२ बल खेली २ चौका प्रहार गरे ।

विराटगनरबाट चरिथ असलंका, एन्ड्रे रसेल र एन्जेलो म्याथ्युजले १–१ विकेट लिए । असलंकाले ३ ओभरमा १८, रसेलले ४ ओभरमा ३९ र म्याथ्युजले ३ ओभरमा १५ रन खर्चे ।

चितवनबाट रवि बोपाराले पहिलो पटक कप्तानी गरेका हुन् । अघिल्लो दुई सिजन कुशल मल्लले चितवनको कप्तानी गरेका थिए । चितवन पहिलो सिजन प्ले अफमा पुगे पनि दोस्रो सिजन शीर्ष चारमा पर्न सकेको थिएन । बोपारा एनपीएलका उच्च स्कोर मध्येका एक हुन् । मल्ल भने आजको खेलमा प्लेयिङमा छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#क्रिकेट #अर्धशतक
Compare →
Nagarik News
10h ago
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।

#बनाए #अर्धशतक
Compare →
Onlinekhabar
10h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#अर्धशतक
Compare →
Arthasansar
14h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#क्रिकेट #चितवन
Compare →

Related Stories

Sports
Build #2611