Trending
Prev Story
Next Story

हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने कुरा हामीले मेसो पाइरहेका हुँदैनौ । विभिन्न अड्कलहरू गरिरहेका हुन्छौं । …

हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने कुरा हामीले मेसो पाइरहेका हुँदैनौ । विभिन्न अड्कलहरू गरिरहेका हुन्छौं । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गरिरहेका हुन्छौँ ।

यो ‘कार्पल टनेल सिन्ड्रोम’ को लक्षण हुन सक्छ । यस्ता समस्या धेरैमा हुने भए पनि यो के हो भन्नेबारे कमैले सुनेका होलान् ।

कार्पल टनेल सिन्ड्रोम हातको नाडीमा रहेको स्नायुमा दबाब पर्दा हुने समस्या हो । यसका कारण हातमा झमझमाउने, हात सुन्निने वा दुख्ने समस्या हुन सक्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार, कार्पल टनेल सिन्ड्रोम हुँदा हात, औँला वा पाखुरामा दुखाइ महसुस हुन सक्छ।

यस समस्यामा हात सुन्निने, हातमा सियोले घोचेझैँ हुने, बूढीऔँला कमजोर हुँदै जाने वा कुनै वस्तु समात्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । यी लक्षण बिस्तारै सुरु हुन सक्छन् वा बीचबीचमा देखिने–हराउन हुन सक्छन् । विशेषगरी रातिको समयमा लक्षणहरू बढी देखिन्छन् ।

कार्पल टनेल सिन्ड्रोमको मुख्य कारण नाडीमा रहेको स्नायुमा दबाब पर्नु हो ।

निम्न अवस्थाले यस्तो समस्या हुने जोखिम बढाउन सक्छन्:

– नाडी बारम्बार मोड्नुपर्ने काम वा गतिविधि ।

– कम्पन उत्पन्न गर्ने औजारको प्रयोग ।

– बाथरोग वा मधुमेहजस्ता स्वास्थ्य समस्या भएमा ।

– आमाबुबा, दाजुभाइ वा दिदीबहिनीमध्ये कसैलाई कार्पल टनेल सिन्ड्रोम देखिएको छ भने ।

मधुमेहका कारण पनि यस्तो समस्या हुन सक्छ । अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा पनि परिधीय स्नायुको समस्या देखिन सक्छ ।

त्यस्तै, भिटामिन बी१२, भिटामिन बी६, पोटासियम वा म्याग्नेसियमको कमीले पनि हात सुन्निने समस्या उत्पन्न हुन सक्छ। केही प्रकारका संक्रमण वा नसा सुन्निने कारण पनि यस्तो समस्या देखिन सक्छ ।

कतिपय अवस्थामा कार्पल टनेल सिन्ड्रोम आफैँ पनि निको हुन सक्छ । विशेषगरी गर्भावस्थाका बेला देखिएको यस्तो समस्या बच्चा जन्मिएपछि सुधार हुन सक्छ। आफैँ निको नभएको खण्डमा यसका उपचार विधिहरू पनि छन् ।

१. नाडीलाई अड्याउने पट्टी (रिस्ट स्प्लिन्ट)

रिस्ट स्प्लिन्ट नाडीमा बाँधिने एक प्रकारको पट्टी हो । यसले नाडीको स्नायुमा पर्ने दबाब कम गर्न मद्दत गर्छ । यस्तो पट्टी राति सुत्ने बेला लगाइन्छ । चिकित्सकले करिब ६ हप्तासम्म यसको प्रयोग गर्न सल्लाह दिन सक्छन् ।

नाडी बारम्बार मोड्नुपर्ने वा स्नायुमा दबाब पर्ने गतिविधिबाट बच्ने प्रयास गर्नुपर्छ । उदाहरणका लागि, कम्पन उत्पन्न गर्ने औजार वा केही उपकरणको प्रयोग कम गर्न सकिन्छ ।

कार्पल टनेल सिन्ड्रोमका कारण हुने दुखाइ कम गर्न चिकित्सकले दुखाइ कम गर्ने औषधि दिन सक्छन् ।

हात तथा नाडीका लागि गरिने उपयुक्त व्यायामले लक्षण कम गर्न मद्दत गर्न सक्छ । तर व्यायाम गर्दा दुखाइ बढेमा रोक्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ।

कार्पल टनेल सिन्ड्रोम गम्भीर भएमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । औषधि तथा अन्य सामान्य उपचारबाट समस्या कम नभएमा वा स्नायुमा दबाबका कारण कमजोरी बढ्दै गएमा चिकित्सकले शल्यक्रियाको सुझाव दिन सक्छन् । शल्यक्रियाको मुख्य उद्देश्य स्नायुमा परेको दबाब हटाउनु हो ।

हात बारम्बार सुन्निने, दुख्ने वा औँलामा कमजोरी महसुस हुने समस्या भएमा चिकित्सकसँग जाँच गराउनु उचित हुन्छ । अचानक हात सुन्निनु वा कमजोरी हुनुका साथै अनुहार बाङ्गिनु वा बोली अस्पष्ट हुनुजस्ता लक्षण देखिएमा तत्काल आपत्कालीन उपचार लिनुपर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नी बहिनिको हातबाट भाइटीका लगाएका छन्। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीकाको अवसरमा धमला...

#हात
Compare →
Nagarik News
2d ago
जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्।

#हात
Compare →
Arthasansar
3d ago
सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर बजारमा लगानी गर्ने धेरैको उद्देश्य एउटै हुन्छ– कम जोखिममा राम्रो प्रतिफल कमाउने। तर बजारमा कुन कम्पनीको सेयर किन्ने, कहिले...

#सक्छ
Compare →
Ekantipur
1w ago
हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले भने- 'साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ ।'

#हात
Compare →

Related Stories

Education & Youth
Build #2611