काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको नुप्चे लिखु जलविद्युत आयोजनाको वित्तीय प्रगति करिब ९७ प्रतिशत पुगेको छ ।
५७.५ मेगावाट क्षमताको यस आयोजनाका प्रतिमेगावाट करिब २० करोड ७० लाख रुपैयाँको लागत अनुमान गरिएको छ भने कुल संशोधित लागत करिब ११ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । आयोजनाका लागि आवश्यक कुल इक्विटीको शतप्रतिशत अर्थात् करिब ३ अर्ब ३२ करोड रुपैयाँ प्रवर्तकहरूबाट जुटिसकेको छ भने ८ अर्ब ६० करोड रुपैयाँको ऋण कर्जासमेत व्यवस्थापन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )