काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो कारणले पार्टीका नेता कार्यकर्ताले शिर निहुराउनुपर्ने अवस्था नआउने बताएका छन्। पोखरा पुगेका सभापति थापाले पार्टीमा सबैको हैसियत बराबरी हुने बताए।
उनले भने, ‘म तपाईँहरूले बनाएको सभापति हो। सभापति भनेको जिम्मेवारी मात्रै हो। पार्टीमा सबैको भूमिका बराबरी हो। ४ वर्षका लागि मलाई सभापति बनाउनुभएको छ। मेरो व्यक्तिगत आचरण, स्वभाव, निर्णय र कर्मले मेरो पार्टीका एक जना साथीले पनि शिर निहुराउनुपर्ने अवस्था आउन दिन्न।’
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )