Trending
Prev Story
Next Story

ठूलो परिमाणमा सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने नियम धितोपत्र बजारको सामान्य सिद्धान्त अनुरूप सन्तुलित छ?

Arthasansar •
September 23, 2026 • 08:15 AM
10
10 reads 0 reactions

नेपालको पूँजी बजारमा हालै लागू भएको आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ठूलो परिमाणमा सेयर बिक्री गर्नु अघि पूर्वसूचना दिनुपर्ने...

ठूलो परिमाणमा सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने नियम धितोपत्र बजारको सामान्य सिद्धान्त अनुरूप सन्तुलित छ?

सीए सुभाष तिमिल्सिना नेपालको पूँजी बजारमा हालै लागू भएको आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ठूलो परिमाणमा सेयर बिक्री गर्नु अघि पूर्वसूचना दिनुपर्ने व्यवस्थाले बजारमा नयाँ बहस जन्माएको छ। व्यवस्था आफैँमा बजार पारदर्शिता र लगानीकर्ता सूचनाको दृष्टिले महत्वपूर्ण हुन सक्छ। तर यो व्यवस्थाले एउटा आधारभूत प्रश्न उठाएको छ।

ठूलो परिमाणमा सेयर बेच्न चाहनेले आफ्नो बिक्रीको पूर्वजानकारी दिनु पर्ने तर ठूलो परिमाणमा सेयर किन्न चाहनेले आफ्नो खरिदको मनसाय वा क्षमता सम्बन्धी कुनै सूचना दिनु नपर्ने किन?

के बजारलाई प्रभावित पार्ने सम्भावना केवल ठूलो बिक्रीबाट मात्र हुन्छ?

के ठूलो खरिदले बजारमा प्रभाव पार्न सक्दैन?

यी प्रश्नहरूलाई कानूनी, धितोपत्र बजारको सामान्य सिद्धान्त र लगानीकर्ता संरक्षणको दृष्टिकोणबाट हेर्न आवश्यक छ।

कम्पनी ऐन, २०६३ को दफा ५० अनुसार पब्लिक कम्पनीको चुक्ता पूँजी रु. २५ करोड भन्दा बढी भएमा कुल चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति वा संस्थालाई “आधारभूत सेयरधनी” मानिन्छ।

नेपाल धितोपत्र बोर्डले २०८० भदौ ९ गते सूचीकृत कम्पनीहरूका लागि निर्देशन जारी गरेको छ। उक्त निर्देशन अन्तर्गत आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्न चाहेमा कम्तीमा १५ दिन अगावै कम्पनीलाई लिखित रूपमा बिक्री गर्ने मनसायको सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त सूचनाको वैधता तीन महिनासम्म रहने र त्यसलाई नेप्से मार्फत सेयरलगानीकर्ताको सूचनाका लागि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ।

यसको मूल उद्देश्य — बजारमा एकैपटक ठूलो परिमाणमा सेयर बिक्रीका लागि आउन लागेको कुरा लगानीकर्ताले पहिले नै थाहा पाउन भन्ने हो।

यो उद्देश्य पारदर्शिताको दृष्टिले सकारात्मक हुन सक्ला तर व्यावहारिक पक्ष र धितोपत्र बजारको सामान्य सिद्धान्तको दृष्टिले पनि हेरिनु पर्दछ।

सेयर बजारमा मूल्य निर्धारण मुख्यतः Demand र Supply को अन्तरक्रियाबाट हुन्छ।

यदि सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने सूचना दियो भने बजारमा सम्भावित supply बढ्ने जानकारी लगानीकर्ताले पाउँछन्। यसले मूल्य, कारोबारको मात्रा र बजारको मनोविज्ञानमा प्रभाव पार्न सक्छ।

यदि ठूलो बिक्रीको पूर्वजानकारी लगानीकर्तालाई आवश्यक मानिन्छ भने ठूलो खरिदको सम्भावित प्रभावबारे समान किसिमको पारदर्शिता किन नहुने?

यो प्रश्नको उत्तर केवल “खरिद गर्ने व्यक्तिले आफ्नो योजना सार्वजनिक गर्न बाध्य पार्न सकिँदैन” भनेर समाप्त गर्ने हो भने फेरि अर्को प्रश्न उठ्छ—

बजार पारदर्शिताको मूल उद्देश्य बिक्री तर्फको पारदर्शिता मात्र हो कि खरिद तर्फ चाहिँ पारदर्शिता नचाहिने हो?

विक्रेताले मात्र धितोपत्र बजारलाई manipulation गर्छ तर खरिदकर्ताले manipulation गर्दैन भन्ने तर्क कति उचित हो?

बजारमा manipulation गर्ने सम्भावना विक्रेतामा मात्र सीमित हुँदैन।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र कारोबारमा कृत्रिम तथा झुट्टा कारोबार, मूल्यमा कृत्रिम उतारचढाव, बजारलाई प्रभावित पार्ने कार्य, झुक्याउने विवरण तथा जालसाजीपूर्ण कारोबारलाई अलग अलग रूपमा सम्बोधन गरेको छ।

ऐनको दफा ९४ ले केही प्रकारका कारोबारलाई कृत्रिम वा झुट्टा कारोबार मानेको छ। दफा ९५ ले कृत्रिम वा झुट्टा कारोबारमार्फत धितोपत्रको मूल्य स्थिर, वृद्धि वा कमी गराउने कार्यलाई मूल्यमा उतारचढाव गराएको मान्ने व्यवस्था गर्छ। दफा ९६ ले कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गर्ने वा कारोबार नगर्न प्रेरित गर्ने उद्देश्यले बजार मूल्यलाई प्रभावित पार्ने कार्यलाई समेत नियमन गर्छ।

अर्थात् कानूनको दृष्टिकोणबाट market manipulation को concept केवल “बेच्ने व्यक्ति” सँग मात्र जोडिएको छैन। खरिदकर्ता, बिक्रीकर्ता र खरिद/बिक्री गर्न उक्साउने व्यक्ति तीनैबाट बजारमा कृत्रिम प्रभाव पार्ने कार्य हुन सक्छ।

मानौँ “क” भन्ने कम्पनीको कुल चुक्ता सेयर १ करोड कित्ता छ।

कुनै आधारभूत सेयरधनीसँग १० लाख कित्ता अर्थात् १० प्रतिशत सेयर छ।

उसले आफ्नो सेयर बेच्ने योजना बनायो। नयाँ व्यवस्था अनुसार उसले बिक्री गर्नु अघि कम्पनीलाई जानकारी दिनुपर्ने हुन्छ र उक्त जानकारी बजारमा सार्वजनिक हुन्छ।

अब बजारका लगानीकर्ताले के थाहा पाए?

“ठूलो मात्रामा supply बजारमा आउँदैछ” र लगानीकर्ताहरू माझ डरको माहौल पैदा हुन सक्छ र supply आउनु अघिनै बेचेर भाग्ने अवस्था सिर्जना हुन सक्छ।

तर अर्को व्यक्तिसँग १० लाख कित्ता खरिद गर्ने वित्तीय क्षमता छ र उसले बजारमा क्रमशः खरिद आदेश दिइरहेको छ भने सामान्य लगानीकर्तालाई उसले यति ठूलो परिमाणमा खरिद गरिरहेको छ भन्ने पूर्वसूचना हुँदैन।

यदि ठूलो बिक्रीको सूचना बजारका लागि महत्वपूर्ण छ भने ठूलो खरिदको सूचना पनि बजारका लागि महत्वपूर्ण हुन सक्दैन? अवश्य हुन सक्छ। यहाँ मूल बहस खरिद र बिक्रीमा समान नियमन, पारदर्शिता र market integrity को सिद्धान्त बारे हो।

“बिक्रीको सूचना दिइयो। manipulation हुँदैन” भन्ने तर्क स्वतः सही होइन।

सीए सुभाष तिमिल्सिना Manipulation निर्धारण कारोबारको वास्तविकता र कारोबारको pattern आदि जस्ता विषयले निर्धारण गर्दछ।

कसैले बिक्रीको सूचना दियो भन्दैमा उसले अनिवार्य रूपमा त्यति सेयर बेच्नै पर्छ भन्ने हुँदैन।

यदि बजारमा “ठूलो बिक्री आउँदैछ” भन्ने सूचना गएपछि बजारको धारणा परिवर्तन भयो, सेयरको मूल्यमा गिरावट आयो र उसको मनसाय परिवर्तन भई बिक्री नै भएन भने त्यसबाट उत्पन्न बजार प्रभावलाई कसरी सम्बोधन गर्ने?

नेपालको पूँजी बजारमा मूल प्रश्न “बिक्रीको पूर्वसूचना आवश्यक छ कि छैन?” मात्र होइन। त्यो भन्दा ठूलो प्रश्न हो:

“के हाम्रो disclosure framework ले बजारमा हुने ठूलो खरिद सूचना र ठूलो बिक्री सूचना दुवैलाई पर्याप्त रूपमा सम्बोधन गरेको छ?”

यदि ठूलो बिक्रीले बजारमा असर पार्न सक्छ भने ठूलो खरिदले पनि असर पार्न सक्छ।

यदि ठूलो बिक्रीको जानकारी लगानीकर्ताको निर्णयका लागि महत्वपूर्ण हुन्छ भने ठूलो खरिद सूचनाको जानकारी पनि त्यत्तिकै महत्वपूर्ण हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

#पूर्वसूचना
Compare →
Hamro Patro News
1d ago
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणा...

#पूर्वसूचना
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2611