Trending
Prev Story
Next Story

कपिलवस्तुबाट ३ महिनामा साढे ४ करोड बढीको अवैध सरसामान बरामद

Nagarik News •
October 27, 2026 • 06:06 AM
1
1 reads 0 reactions

कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।

कपिलवस्तुबाट ३ महिनामा साढे ४ करोड बढीको अवैध सरसामान बरामद

कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरे पछि दिनहुँ लाखौँ मूल्यका अवैध माल बरामद हुने गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण, हेक्का कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय दिएको विवरण अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज महिनाको अवधिमा ४ करोड ६५ लाख ६३ हजार १९७ रुपैयाँका अवैध मालसामान बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल  नम्बर २८ गण, हेक्का कपिलवस्तु ले ३ महिनामा २ करोड ३८ लाख ५९ हजार ६४९ को सामान बरामद गरेको छ।

प्रहरीले ३ महिनामा कुल २ करोड, २७ लाख २३ हजार ५४८ अवैध मालसामान बरामद गरेको छ।

भारतबाट अवैध रुपमा भित्राइएका लत्ताकपडा, किराना, कस्मेटिक, पेट्रोलियम पदार्थ, बनपैदावार, औषधी,  सूर्तीजन्य पदार्थ, बाख्रा खसी, भैँसी बीउ बिजन, अण्डा, हरियो तरकारी, फलफूल मोबाइल र पार्टस्, हार्डवेयरका सामान, मोटरपार्टस्, पेय पदार्थ, खाद्यान्न, इलेक्ट्रिक सामान, कवाड सामान, पटाका, नदीजन्य पदार्थ लगायतका सरसामान बरामद गरिएको हो।

सशस्त्रले ढुवानीमा प्रयोग भएका ३७ थान माेटरसाइकल, बस एक, ३ अटो, १४ साइकल भन्सारमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।

चल्ला, ब्राइलर कुखुरा, पटाका, दूध र अण्डा भने नष्ट गरिएको उनले बताए। नेपाल प्रहरीले भने अवैध ढुवानीमा संलग्न रहेको आरोपमा  १० जना मानिस र ४० वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

प्रहरीले २ करोड १२ लाख ४० हजार ८३६ रुपैयाँको मालसामान, ४ लाख ९० हजारको काठ ३ लाख ३२ हजार बराबरको अवैध नदीजन्य पदार्थ, चल्ला कुखुरा र माछा गरी ६ लाख ६० हजार बरामद गरेको थियो।

सुरक्षा निकायले सीमा र जिल्लाका विभिन्न स्थानमा तस्करीमा कडाइ गरे पछि तस्करी घटेको व्यापारीहरू बताउँछन्। विगत जस्तो ठुलो परिणामको तस्करी अहिले पुरै घटको व्यापारीहरू बताउँछन्।

तस्करहरूले चाइनाको सामानहरू भारतमा र भारतको सरसामानहरू नेपालमा तस्करी गर्ने गर्छन्। कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर जोडिएको र खुला सिमानाका कारण तस्करीमा चुनौती भएको सुरक्षाकर्मी बताउँछन्।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले तस्करी र भन्सार छली नियन्त्रणका लागि कडाइ गरिएको बताए। उनले सीमा क्षेत्रमा रहेको बेस र युनिटलाईलाई कडा निर्देशन दिएकाले अहिले विगतको तुलनामा तस्करी नियन्त्रणमा भएको उनले दाबी गरे।

प्रहरी उपरीक्षक मनोहर भट्टले सीमा क्षेत्रमा तस्करी र भन्सार छली, लागुऔषध, अपराध, चेलीबेटी बेचबिखनका विषयमा निगरानीसहित कडाइ गरिएकाले अहिले त्यसको सकारात्मक परिणाम आएको बताए।

उनले खुला सीमाका कारण नियन्त्रण चुनौती देखिएपनि आपसी समन्वयमा अघि बढेको उनले बताए। कडाइले गर्दा कृष्णनगर र सुठौली भन्सारको राजस्व लक्ष्य अनुसार संकलन भएको छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:५१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ । काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट ने...

#बरामद #अवैध
Compare →
Onlinekhabar
5d ago
रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

२२ कात्तिक, काठमाडौं । रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा …

#बरामद #अवैध
Compare →
Ekantipur
20h ago
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#कपिलवस्तु
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

Education & Youth
Build #2612