Trending
Prev Story
Next Story

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३ नारायणपुर निवासी …

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् ।

लमही नगरपालिका–३ नारायणपुर निवासी रघुवीर खत्रीले आज बिहान नारायणीश्वर सामुदायिक वनमा ९ वटा बाख्रा चराउन लगेका थिए । तीमध्ये ६ वटालाई चितुवाले मारेको अवस्थामा मृत फेला परे पनि तीनवटा फेला नपरेको खत्रीले बताए ।

पछिल्लो समय देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा जंगली जनावरको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले जथाभावी वन क्षेत्रमा प्रवेश नगर्न तथा चरिचरणका लागि अनावश्यक रूपमा वन क्षेत्रमा पशुचौपाया नलैजान पनि अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
नेपालकै जंगलमा भेटियो दुर्लभ चिनियाँ सालक, सानो सामुदायिक वनमा क्यामेरामा कैद!

नेपालकै जंगलमा भेटियो दुर्लभ चिनियाँ सालक, सानो सामुदायिक वनमा क्यामेरामा कैद!

नेपालको सुनसरीस्थित एउटा सानो सामुदायिक वनमा दुर्लभ चिनियाँ सालक फेला परेको छ। अनुसन्धानकर्ताहरूले पञ्चकन्या सामुदायिक वनमा जडान गरेको क्यामेरा ट्र्यापमा सन् २०२५ जनवरी २१ मा एउटा भाले चिनियाँ सालक...

#सामुदायिक #वनमा
Compare →
Ekantipur
10h ago
चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

#सामुदायिक #वनमा
Compare →
Nagarik News
14h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#फेला
Compare →

Related Stories

World News
Build #2611