Trending
Prev Story
Next Story

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत

Nagarik News •
October 27, 2026 • 04:16 AM
1
1 reads 0 reactions

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत

भारतको राजस्थानस्थित जोधपुरमा सामाजिक सञ्जालमा लोकप्रिय एक ज्योतिषले गाउँको चुनावमा जम्मा ३३ मत पाएका छन्।

इन्स्टाग्राम, फेसबुक, युट्युब र गौशालाको सामाजिक सञ्जाल खातासमेत जोड्दा ओमप्रकाश बिश्नोईसँग २७ लाखभन्दा बढी फलोअर्स तथा सब्सक्राइबर छन्।

बिश्नोईले जोधपुर जिल्लाको ओसियान तहसीलस्थित इन्दोन की धानी-२ ग्राम पञ्चायतको सरपञ्च पदमा उम्मेदवारी दिएका थिए। उनी सामाजिक सञ्जालमा भविष्य बताउने दाबी गर्दै आएका छन्। तर आफ्नै गाउँको चुनावमा भने उनले जम्मा ३३ मत पाए।

बिश्नोईका इन्स्टाग्राममा १४ लाखभन्दा बढी फलोअर्स, फेसबुकमा दुई लाख ३२ हजारभन्दा बढी फलोअर्स र युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी सब्सक्राइबर छन्। उनी एउटा गौशाला पनि सञ्चालन गर्दै आएका छन्, जसको ६ लाखभन्दा बढी फलोअर्स छन्।

करिब एक हजार ६०० मतदाता रहेको गाउँमा उनले ३३ मत मात्रै पाए। सामाजिक सञ्जालमा ठुलो संख्यामा फलोअर्स भए पनि त्यसलाई चुनावी समर्थनमा बदल्न नसकेको भन्दै उनको नतिजाबारे अनलाइनमा चर्चा भइरहेको छ।

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १०:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’

फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’

काठमाडौं । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्ले...

#सञ्जाल
Compare →
Onlinekhabar
1w ago
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. …

#पाए
Compare →

Related Stories

World News
Build #2612