Trending
Prev Story
Next Story

अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

दिवंगत अभिनेता नाना पाटेकरले दिनेश विजनको म्याडक फिल्म्सको ब्यानरमा बनेको आफ्नो अन्तिम फिल्म 'शक्तिशालिनी'मा काम गरेका थिए । यो परम्परागत हरर–कमेडीभन्दा फरक छ । नानाको चरित्र हास्यप्रधान नभई गम्भीर र विद्रोही स्वभावको छ । यसको कथा …

अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे

दिवंगत अभिनेता नाना पाटेकरले दिनेश विजनको म्याडक फिल्म्सको ब्यानरमा बनेको आफ्नो अन्तिम फिल्म ‘शक्तिशालिनी’मा काम गरेका थिए ।

यो परम्परागत हरर–कमेडीभन्दा फरक छ । नानाको चरित्र हास्यप्रधान नभई गम्भीर र विद्रोही स्वभावको छ । यसको कथा गम्भीर नाटकमा आधारित छ, जहाँ सामाजिक परिस्थितिबाट उत्पन्न हुने डर र तनाव महत्त्वपूर्ण छन् । फिल्मको कथा वास्तविक घटनाबाट प्रेरित रहेको बताइएको छ ।

फिल्मको छायाङ्कन चम्बल क्षेत्र, ग्वालियर र आसपासका स्थानमा गरिएको थियो । भिण्ड र मुरैनामा पनि छायाङ्कन गरिएको बताइएको छ ।

४० डिग्री तापक्रममा नानाले गरे छायाङ्कन

फिल्मको छायाङ्कन तालिका लामो थियो र कलाकारहरूले गर्मीमा समेत काम गरेका थिए ।  ग्वालियर र बीहड क्षेत्रका स्थानमा करिब ४० डिग्री तापक्रममा छायाङ्कन गरिएको थियो । नाना पाटेकरका लागि यस्तो भूगोलमा  छायाङ्कन गर्नु फरक अनुभव थियो । उनले यसअघि यस्तो वातावरणमा काम नगरेको बताइएको छ ।

कथा सुनाउन नानाको फार्महाउस पुगेका थिए आदित्य सरपोतदार

मराठी फिल्म निर्देशक आदित्य सरपोतदारले यसअघि आफ्ना दुई मराठी फिल्मका लागि नानालाई प्रस्ताव गरेका थिए । तर, समय नमिल्नु र अन्य कारणले ती परियोजना अघि बढ्न सकेनन् । अन्ततः शक्तिशालिनीमा भने दुवैले सँगै काम गर्ने अवसर पाए ।

फिल्मको कथा सुनाउन आदित्य र लेखक दुर्गेश सिंह पटकपटक नानाको फार्महाउस पुगेका थिए । एकै बसाइमा कथावाचन पूरा भएन । विभिन्न भेटमा कथाबारे विस्तृत छलफल भयो र कुल मिलाएर करिब आठदेखि १० घण्टासम्म कथा सुनाइएको थियो ।

कथा सुन्दै खाना पनि बनाउँथे नाना पाटेकर

फार्महाउसमा कथा सुनाउने प्रक्रिया औपचारिक बैठकमा मात्र सीमित थिएन । कुराकानीका क्रममा नाना आफैँ खाना बनाउँदै कथा सुन्ने गरेको प्रसङ्ग पनि आएको थियो । कथामाथि छलफल चलिरहँदा उनको सामान्य दिनचर्या पनि सँगसँगै अघि बढ्थ्यो ।

इरफान खानलाई उत्कृष्ट अभिनेतामध्ये एक मान्थे नाना

छायांकनस्थलबारे छलफल हुँदा दिवंगत अभिनेता इरफान खानको प्रसङ्ग पनि उठेको थियो । नाना पाटेकर इरफानको अभिनयको प्रशंसा गर्थे र उनलाई उत्कृष्ट अभिनेतामध्ये एक मान्थे । चम्बल र बागी जीवनको सिनेमाई सन्दर्भमा इरफानको फिल्म पान सिंह तोमरको चर्चा पनि भएको थियो ।

नानालाई यो फिल्म निकै मन परेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएसँगै दिवंगत गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि चर्च...

#फिल्म #अन्तिम #खान
Compare →
Ekantipur
1d ago
जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

#अन्तिम
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612