Trending
Prev Story
Next Story

रश्मिका मन्दानाले आफ्ना पतिबारे के भनिन्, जसको भइरहेको छ चर्चा ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोंडा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । दुवैले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्ट गर्दै आफ्नो सम्बन्धमाथि उठेका प्रश्न र भइरहेको ट्रोलिङको जवाफ दिएका छन् । यो चर्चा हालै प्रसारण भएको …

रश्मिका मन्दानाले आफ्ना पतिबारे के भनिन्, जसको भइरहेको छ चर्चा ?

अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोंडा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । दुवैले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्ट गर्दै आफ्नो सम्बन्धमाथि उठेका प्रश्न र भइरहेको ट्रोलिङको जवाफ दिएका छन् ।

यो चर्चा हालै प्रसारण भएको टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ को एउटा एपिसोडबाट सुरु भएको हो । उक्त कार्यक्रममा रश्मिका मन्दाना र विजय देवरकोंडा सँगै पुगेका थिए । कार्यक्रममा उनीहरूले आफ्नो सम्बन्ध र विवाहबारे कुराकानी गरेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा विजयको व्यवहार र उनीहरूको सम्बन्धलाई लिएर विभिन्न टिप्पणी हुन थाले । कतिपयले विजयलाई ‘रेड फ्ल्याग’ अर्थात् सम्बन्धमा समस्या निम्त्याउन सक्ने व्यक्तिका रूपमा चित्रण गरे भने केहीले रश्मिकालाई सम्बन्धबारे सल्लाह दिन थाले ।

यसैबीच रश्मिकाले लामो पोस्ट लेख्दै त्यस्ता टिप्पणीको जवाफ दिएकी छन् । त्यसको केही समयपछि विजयले पनि इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरू ‘एकदम खुसी’ रहेको बताएका छन् ।

‘कफी विथ करण ९’ मा विवाहबारे कार्यक्रम सञ्चालक करण जौहर, रश्मिका र विजयबीच भएको कुराकानीपछि उनीहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको थियो ।

रश्मिकाले विजयसँग विवाहका लागि आफूले प्रस्ताव राखेको बताएकी थिइन् । विजयले उनलाई १०० पटक सोध्न भनेका थिए । रश्मिकाका अनुसार त्यसपछि उनले करिब एक वर्षसम्म विजयलाई विवाहबारे सोधिरहिन् ।

यद्यपि, उनीहरूबीचको कुराकानी हल्का र रमाइलो वातावरणमा भएको थियो । कार्यक्रममा विजयले विवाहजस्तो ठूलो निर्णय तत्कालीन भावनाका आधारमा मात्रै लिन नचाहेको बताएका थिए ।

यो कुराकानीको एउटा अंश सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि केही प्रयोगकर्ताले विजयको व्यवहारमाथि प्रश्न उठाए ।

एक प्रयोगकर्ताले विजयलाई ‘वाकिङ रेड फ्ल्याग’ भन्दै उनले संसारसामु आफ्नी पत्नीको अपमान गरेको टिप्पणी गरे । अर्का प्रयोगकर्ताले रश्मिकालाई आफूले अझ राम्रो व्यक्ति पाउन योग्य रहेको भन्दै सल्लाह दिए ।

त्यस्तै, अर्का प्रयोगकर्ताले रश्मिका विजयलाई मन पराउने तर विजय भने आफैँलाई मात्रै मन पराउने टिप्पणी गरे । केहीले उनीहरूको कुराकानीलाई अस्वाभाविक र असहज भन्दै आलोचना पनि गरे ।

विजयले विवाहका लागि आफूलाई १०० पटक सोध्न भनेको प्रसङ्गलाई लिएर पनि केहीले प्रश्न उठाए । उनीहरूले यसलाई सम्बन्धमा समानता नभएको सङ्केतका रूपमा व्याख्या गरे ।

यद्यपि, धेरैले टेलिभिजन कार्यक्रममा भएको केही मिनेटको कुराकानीका आधारमा कुनै जोडीको समग्र सम्बन्धबारे निर्णय गर्न नमिल्ने बताएका छन् । केहीले विजयको बचाउ गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले कुनै व्यक्तिलाई राम्ररी नचिनी ‘टक्सिक’ वा समस्याग्रस्त व्यक्तिको संज्ञा दिइरहेको टिप्पणी गरे ।

त्यसपछि रश्मिका मन्दानाले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो धारणा सार्वजनिक गरिन् ।

उनले सामान्यतया यस्ता विषयमा प्रतिक्रिया नदिने बताइन् । किनभने सबैलाई आफ्नो विचार राख्ने अधिकार रहेको उनको भनाइ थियो । तर, यसपटक आफू र विजयको सम्बन्धलाई लिएर भइरहेको चर्चाबारे बोल्ने निर्णय गरेको उनले उल्लेख गरिन् ।

रश्मिकाले लेखेकी छन्, ‘हामी दुवैको सामाजिक सञ्जालमा अनावश्यक राय, टिप्पणी र नमागिएका सल्लाहको बाढी आएको छ । मानिसहरू जुन विश्वासका साथ हाम्रो पछि लागिरहेका छन्, त्यसले मलाई साँच्चै केही हदसम्म विचलित बनायो । म सोचिरहेकी थिएँ, ‘यो के भइरहेको छ ?’ त्यसैले केही समय पछि हटेर सोचें र अब आफ्नो जीवनबारे सानो कुरा भन्न चाहन्छु ।

‘सबैभन्दा पहिले, यो कति पटक सोधियो वा पूरै एक वर्षसम्म सोधिरहियो भन्ने कुरा थिएन । केही मानिस यही कुरामा अल्झिएका छन् । हो, त्यस्तो कुराकानी भएको थियो । तर, हामी दुवैमध्ये कसैलाई पनि भव्य प्रस्तावको खोजी थिएन । कुरा यति मात्रै थियो कि हामी एकअर्कालाई बुझ्न पर्याप्त समय र ठाउँ दिऊँ । जीवनका राम्रा र नराम्रा परिस्थिति, खुसी र तनावका बाबजुद पनि हामी एकअर्कासँगै जीवन बिताउन चाहन्छौँ कि चाहँदैनौँ र यो सही समय हो कि होइन भन्ने निश्चित गर्न चाहन्थ्यौँ । हामीले त्यही गर्‍यौँ । हामीले एकअर्कालाई रोज्यौँ ।’

रश्मिकाले मानिसहरूलाई आफ्नो र विजयको सम्बन्धबारे चिन्ता गरिरहन आवश्यक नरहेको बताएकी छन् ।

उनले आफू आफ्नो पतिलाई लिएर ‘अत्यधिक प्रेममा’ रहेको पनि उल्लेख गरेकी छन् । आफ्नो जीवनसाथीप्रति यति धेरै प्रेम व्यक्त गर्नु कहिलेदेखि गलत हुन थाल्यो भन्दै उनले प्रश्न गरेकी छन् ।

उनले लेखेकी छन्, ‘यदि मैले फेरि जीवनमा त्यही निर्णय गर्नुपर्‍यो भने पनि म विजयलाई नै रोज्नेछु ।’

उनका अनुसार आफूले विजयलाई १०० पटक मात्रै होइन, १ हजार पटक नै विवाहबारे सोध्न तयार हुने थिइन् ।

रश्मिकाले आफ्नो चिन्ता गरेको बहानामा आफूलाई सम्बन्धबाट बाहिरिन सल्लाह दिनेहरूमाथि पनि टिप्पणी गरेकी छन् ।

कुनै महिलाको परिवार र निजी जीवनबारे नबुझी टिप्पणी गर्नु नारीवाद नभएको उनको भनाइ छ ।

उनले यसलाई ‘नारीवादको नाममा गरिने दुर्व्यवहार’ को संज्ञा दिएकी छन् ।

रश्मिकाको पोस्ट आएको केही समयपछि विजय देवरकोंडाले पनि इन्स्टाग्राममा आफ्नी पत्नीसँगका तस्बिर र भिडियो सार्वजनिक गरे ।

उनले लेखेका छन्, ‘मेरी सबैभन्दा मिल्ने साथी, मेरी पत्नी, मेरी जीवनसङ्गिनी । मेरो जीवनको सबैभन्दा सुन्दर हिस्सामध्ये एक, जसलाई रोज्ने निर्णय मैले बिल्कुल सही गरेँ । हाम्रो चिन्ता गर्नेहरूलाई भनिहालूँ, हामी दुवै अत्यन्त खुसी छौँ । म आफूलाई भाग्यमानी ठान्छु ।’

उनले थप लेखेका छन्, ‘यदि पूरै संसारको विरुद्धमा केवल म र उनी छौँ भने पनि मलाई त्यही स्वीकार छ । प्रेम र खुसीका साथ सरल जीवन जिउनुलाई उत्सवका रूपमा मनाउने सबैलाई धेरै माया ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु

ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु

ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु स्वीट (Matthew Sweet)। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीका सरकारी अभियोजनक...

#चर्चा
Compare →
Nagarik News
4d ago
कोप ३१ मा नेपालको विपद्को चर्चा : जलवायु संकटविरुद्ध सशक्त कदम चाल्न आग्रह

कोप ३१ मा नेपालको विपद्को चर्चा : जलवायु संकटविरुद्ध सशक्त कदम चाल्न आग्रह

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) को उद्घाटन सत्रमा नेपालमा भदौ १० मा आएको विनाशकारी विपद्ले विशेष चर्चा पाएको छ।

#चर्चा
Compare →

Related Stories

World News
Build #2612