Trending
Prev Story
Next Story

ऋतिक–सुजैन : सम्बन्ध विच्छेदपछि पनि उस्तै मित्रता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि सम्बन्धविच्छेद गरे । अहिले दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् । …

ऋतिक–सुजैन : सम्बन्ध विच्छेदपछि पनि उस्तै मित्रता

बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि सम्बन्धविच्छेद गरे । अहिले दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् । ऋतिक अभिनेत्री सबा आजादसँग प्रेम सम्बन्धमा छन् भने सुजैन अभिनेता अर्सलान गोनीसँग सम्बन्धमा छिन् ।

सम्बन्धविच्छेद भएको वर्षौँपछि सुजैनले आफ्नो वर्तमान सम्बन्ध र पूर्वपति ऋतिकसँगको सम्बन्धबारे खुलेर कुरा गरेकी छन् । उनले अर्सलानले आफ्नो जीवनमा प्रेम र साथको कमी पूरा गरेको बताएकी छन् । सुजैनका अनुसार अर्सलान उनको जीवनमा आएपछि उनले प्रेम र साथको नयाँ अनुभूति गरेकी छन् । उनले अर्सलानलाई असल व्यक्ति भन्दै आफ्नो जीवनमा उनको उपस्थितिप्रति खुसी व्यक्त गरेकी छन् ।

त्यस्तै, उनले पूर्वपति ऋतिक र उनकी प्रेमिका सबा आजादसँगको सम्बन्धबारे पनि आफ्नो धारणा राखेकी छन् । सम्बन्धविच्छेदपछि पनि ऋतिक र सुजैनले आफ्ना दुई छोरा हृदान र हृरेहानको संयुक्त अभिभावकत्व निर्वाह गर्दै आएका छन् ।

दुवैले नयाँ सम्बन्ध अघि बढाए पनि छोराहरूको खुसी र परिवारबीचको आपसी समझदारीलाई महत्त्व दिँदै आएका छन् । ऋतिक र सुजैन अहिले पनि मित्रवत् सम्बन्धमा छन् । उनीहरू आफ्ना नयाँ साथीहरूसँग समेत विभिन्न कार्यक्रममा सहभागी हुने गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

#सम्बन्ध #जीवन
Compare →
Hamro Patro News
8h ago
महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

दार्चुला। महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत। नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन। कुनै समय द...

#सम्बन्ध
Compare →
Nagarik News
3d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

#सम्बन्ध
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611